महिलाद्वारा पुरुष बलात्कृत, यौनजन्य अपराधबिरुद्ध प्रहरी टोल टोलमा परिचालन !

HIMSAझापा / झापामा यौनजन्य अपराधका घटनामा वृद्धि भएसँगै प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको छ । महिलामाथि हुने यौनजन्य अपराधका घटना रोक्न प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको हो । जसका लागि जिल्लाका विभिन्न स्थानमा २ सय ३५ प्रहरी टोल टोलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

पछिल्लो समय दिनप्रतिदिन वालिकादेखि वृद्ध महिलासम्म यौनजन्य अपराधका कारण पीडित बन्दै गएको भन्दै प्रहरीले त्यस्ता अपराधका घटना न्यूनीकरणका लागि एक महिने सुरक्षा रणनीति अपनाएर काम शुरु गरेको बताइएको छ । अभियानको उद्घाटन आइतवार जिल्ला प्रहरी कार्यालय झापाबाट गरिएको छ । जसको टोली प्रमुखका रुपमा प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतलाई तोकिएको छ । योसँगै महिलामाथि हुने यौनजन्य अपराधका घटना रोक्न मद्दत मिल्ने प्रहरी उपरीक्षक ढकालको भनाइ छ ।

टोलीले यौनजन्य अपराधका घटना र यसको कारकतत्वको खबर संकलन गरी विश्लेषण गर्ने, यौनजन्य घटना घटाउने अभियुक्तलाई तत्काल पक्राउ गरी हदैसम्मको सजाय दिलाउने, विशेष सुरक्षा परिचालनमार्फत पीडितका आफन्त र आम नागरिकको सुरक्षाको थप अनुभूति दिने लगायतका उद्देश्य छन्– प्रहरी उपरीक्षक ढकालले भन्नुभयो – ‘अब प्रहरीले विशेष सुरक्षा नीति अवलम्वन गर्दै काम गर्छ ।’ ढकालका अनुसार सो कार्यका लागि सादा पोशाकमा ५०, मोटरसाइकल गस्तीमा एक सय जना, तलासी लिने टोलीमा ३५ जना, पैदल गस्तीमा ३५ र अनुसन्धान टोलीमा १५ जना रहने गरी प्रहरी परिचालन गरिएको छ ।

जसका कारण घटनाको बारेमा प्रहरीलाई थप सूचना प्राप्त हुने, यौनजन्य घटना नियन्त्रण र अनुसन्धानमा प्रहरी थप सक्रिय हुने, आपराधिक मनस्थितिका व्यक्तिहरु निरुत्साहित हुने, यौनजन्य घटनाको विरुद्ध आम नागरिक थप सक्रिय हुने र अपराधका घटनामा कमी आउने अपेक्षा प्रहरीको छ । एक महिनाका लागि २ सय १५ प्रहरी फिल्डमा रहने छन् ।

‘जिल्लाको संवेदनशील स्थान पहिचान गर्ने, घटनाको पूर्व संकेतहरु र घटनाहरुका बारेमा खबर संकलन गर्ने, सम्भावित स्थानहरुमा सादा पोशाक मोटरसाइकल गस्ती, पैदल गस्ती र खानतलासी टोली र घटना अनुसन्धान टोलीले पहिचान गर्दै विशेष पहिचानबाट प्राप्त उपलब्धिको साथ समीक्षा गर्दै प्रहरी अघि बढ्छ’– प्रहरी उपरीक्षक ढकालले भन्नुभयो ।

महिलाद्वारा पुरुष बलात्कृत !

पुरुषले महिलालाई वलात्कार गरेको उजुरी प्रहरीमा पर्ने गरे पनि गत वर्ष जिल्ला प्रहरी कार्यालय झापामा महिलाले पुरुषलाई बलात्कार गरेको उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार जवरजस्ती करणी मुद्दामा १०६ जना पुरुष र एक महिला प्रतिवादी भएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहेका बस्नेतले भने– ‘महिलाले पुरुषलाई बलात्कार गर्ने मुद्दा यदाकदा प्रहरी कहाँ पर्ने गरेका छन्, यो पनि त्यस्तै मुद्दा हुनसक्छ, जुन मुद्दा अदालतबाट फछ्र्यौट भएको छ कि छैन, मलाई थाहा छैन’– बस्नेतले भन्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक