August 10, 2018

वेस्ट इन्डिजमा चम्किए सन्दीप

 

काठमाडौँ, २५ साउन । वेस्ट इन्डिजमा त्यहाँको घरेलु लिग क्यारेवियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले पहिले खेलमै दुई विकेट लिएका छन् ।

स्थानीय सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स क्लबबाट खेलिरहेका उनले आफ्नो पहिलो खेल गुयाना वारियर्सविरुद्ध दुई विकेट लिएका हुन् ।

शुक्रबार बिहान भएको खेलको दोस्रो ओभरमा बलिङ गर्न आएका सन्दीपले भेट्रान ओपनर चाडविक वाल्टनको विकेट लिएका थिए । उनले ज्यासन मोहम्मदको पनि विकेट लिए । चार ओभर बलिङ गरेका उनले मात्र १२ रन दिएर २ विकेट लिएका थिए ।

उनको क्लब उक्त खेलमा पराजित भयो । टस हारेर ब्याटिङको निम्तो पाएको प्याट्रियट्सले क्रिस गेलको ८६ रनको मदतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४६ रन बनाएको थियो ।

१४७ रनको विजय लक्ष्य पच्छ्याउँदै जवाफी मैदानमा उत्रिएको गुयना अमाजोन वारियर्सले १६ दशमलव ३ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । उनी पाँच हजार अमेरिकी डलरमा उक्त क्लबमा आबद्ध भएका हुन् ।

यसअघि इण्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले पहिलो खेलमै विकेट लिन सफल भएका थिए ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार