यी चार नेपाली क्रिकेटर आइसीसीको ट्वान्टी–ट्वान्टी वरियतामा !

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले नेपालका चार खेलाडीलाई बरियतामा राखेको छ।

आइसिसिले सार्वजनिक गरेको नयाँ बरियतामा ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष १०० भित्र अटाएका हुन्।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर तथा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका हुन् । १२ अन्तर्राष्ट्रिय खेलमा २३६ रन बनाएका थिए भने भेषावकरले ११ खेलबाट १९९ रन बनाएका थिए।

ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंकसहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन्। यसको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च तथा दोस्रोमा पाकिस्तानका फकर जमान र तेस्रो स्थानमा भारतीय खेलाडी लोकेश राहुल छन्।

यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंकसहित बसन्त ७१ औं तथा ३३८ अंकसहित सोमपाल ९२ औं स्थानमा रहेका छन्। रेग्मीले १२ खेलबाट १६ विकेट लिएका छन् भने कामीले १२ खेलबाट १३ विकेट लिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली