नेपालको ३५ ओभरमा ६ विकेटको क्षतिमा १४७ रन

नेपालले एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेदरल्यान्ड्सविरुद्ध ३५ ओभरमा १४७ रन बनाएको छ ।

क्रिजमा आरिफ शेख १५ र सोमपाल कामी ८ रनमा खेलिरहेका छन् ।

नेपालका लागि कप्तान पारस खड्काले अर्धशतक बनाएर आउट भए । कप्तान खड्काले ६५ बलमा ५० रन पूरा गरेका थिए । उनले ६९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएर आउट भए ।

यसअघि नेपालले चौथो विकेटको रुपमा दीपन्द्रसिंह ऐरीलाई १९ रनमा गुमाएको हो । दीपेन्द्र रन आउट हुन पुगे । त्यस्तै, सुवास खकुरेल १९, ज्ञानेन्द्र मल्ल  १३ र अनिल कुमार शाह ४ रनमा आउट भएका थिए । त्यस्तै, रोहित कुमार पौडेल ६ रनमा आउट भएका थिए ।

नेपालले एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानमा घरेलु टिम नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको हो । सिरिजको पहिलो खेलमा नै नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले बराबरी बनाउनका लागि पनि यो खेल जित्नै पनि दबाब छ  । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार