July 22, 2018

नेकपाका युवा र विद्यार्थी संगठनको माग: सबै मेडिकल कलेज राष्ट्रियकरण गर

६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका युवा र विद्यार्थी संगठनले निजी क्षेत्रबाट सञ्चालित सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन् ।

युवा संघ, वाइसीएल, अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ ‘शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधानअनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस् ।’आइतबार विज्ञप्ति जारी गरी उनीहरुले संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा उल्लेख गरिएकाले सबै मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका हुन् ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनरत डा. गोविन्द केसीले नेकपा नेतृत्वको सरकारले निजी मेडिकल कलेजलाई फाइदा हुने गरी चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको आरोप लगाएका बेला नेकपाकै विद्यार्थीहरुले भने निजी मेडिकल कलेज राष्ट्रिकरण गर्न माग गरेका हुन् ।

उनीहरुले सबै प्रदेशमा एउटा सुविधा सम्पन्न सरकारी शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया सुरु गर्न, चिकित्सा शिक्षाको छात्रवृत्तिलाई न्युन आय, गरिब, र लक्षित समुदायमा आधारित बनाई पारदर्शी ढंगबाट वितरण गर्न पनि माग गरेका छन् ।

नेकपाका युवा र विद्यार्थी संगठनले स्वास्थ्य क्षेत्रमा बन्द हड्ताल पूर्ण प्रतिबन्ध लगाई सरकारी तलब भत्ता खाएर जनतालाई सेवा नदिने स्वास्थ्यकर्मीलाई कारबाही गर्न पनि माग गरेका छन् ।

उनीहरुले वार्तामार्फत डा. गोविन्द केसीको अनसन तत्काल अन्त्य गर्न र केसीको अनसनमा राजनीतिक घुसपैठ र अराजकता भएको भन्दै त्यसलाई पनि अन्त्य गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित