विश्वकपमा तेस्रो स्थानको लागि आज इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुने

 रसिया विश्वकपमा आज तेस्रो स्थानको लागि खेल हुदैछ । तेस्रो स्थानको खेल नेपाली समय अनुसार ७ः४५ बजे सेन्ट पिटर्सबर्ग स्टेडियममा युरोपका दुई बलिया राष्ट्र इङ्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पार्धा हुनेछ । 

3rd-placeयी दुई टोली जारी विश्वकपमा दोस्रोपटक आमने सामने हुन लागेका हुन् । समूह चरणको अन्तिम खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो । गोल्डेन जेनेरेसन मानिएको बेल्जियम टोलीले इङ्ल्यान्डलाई १–० ले हराउँदै समूह ‘जी’ को विजेता बनेको थियो । इङ्ल्यान्ड समूह उपविजेताका रुपमा नकआउट चरणमा पुगेको थियो ।

समूह चरणको त्यो अन्तिम खेलमा दुवै टोलीले दोस्रो रोजाईका खेलाडीलाई मैदानमा उत्रारेको थियो । एडनान यानुजाईको एकमात्र गोलमा बेल्जियम विजयी भएको थियो । फाइनल पुग्न असफल भएपछि दुवै टोली विश्व कपबाट कम्तीमा तेस्रो भएर फर्कने लक्ष्यमा हुनेछन् ।

समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरिसकेका कारण बेल्जियम यसपटक पनि सफल नतिजा निस्कानेमा आशावादी छ । इङ्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने योजनामा हुनेछ । फर्ममा रहेका तथा गोल्डेनबुटका दाबेदार कप्तान ह्यारी केन खेलमा चल्न सके इंग्ल्यान्डले समूह चरणमा बेहोरेको हारको बदला लिने सम्भावना रहन्छ ।

केन ६ गोलसहित गोल्डेनबुटको दाबीमा अग्रस्थानमा छन् । बेल्जियम सेमिफाइनलमा फ्रान्ससँग १–० ले तथा इंग्ल्यान्ड क्रोएसियासँग थप समयमा समयमा २–१ ले पराजित हुँदै विश्वकपबाट बाहिरिएका थिए । फ्रान्स र क्रोएसियाबीच फाइनल आइतबार हुनेछ । फ्रान्स दोस्रो पटक विश्वकप जित्ने योजनामा रहँदा क्रोएसिया पहिलोपटक विश्वकप जित्ने इतिहास रच्ने योजनामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली