१० दिनभित्र माग पूरा नभए फेरि अनशन बस्ने गंगामायाको चेतावनी !

Ganga-Maya-Adhikariकाठमाडौं – छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशन बस्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीले शुक्रबार ४६औं दिनमा अनशन तोडेकी छन् ।सरकारले पाँचबुँदे सहमति कार्यान्वयन गर्ने सहमति पछि उनले अनशन तोडेकी हुन् । 

पटकपटक अनशन बस्दै आएकी अधिकारी पछिल्लोपटक वीर अस्पतालमा १५ जेठदेखि अनशनमा थिइन् । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो भने छोरा नुरप्रसाद बेपत्ता छन् ।
गंगामायाले माग १० दिनभित्रमा पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएकी छन् ।

‘सरकारले माग पूरा गर्ने प्रतिबद्धता तथा सहमति गरेको छ तर कार्यान्वयन गरेको छैन,’ गंगामायाले भनिन्, ‘अहिले मैले अनशन तोडेकी होइन्, स्थगित गरेकी हुँ । १० दिनको समय दिएकी छु । माग पूरा नभए म फेरि अनशन बस्छु ।’

पटकपटक जुस खुवाएर अनशन तोडाउने काम भए पनि माग पूरा गर्ने काम सरकारबाट नभएकाले आफू धेरैपटक जिउँदै मरिसकेको उनले बताइन् । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

बालेन शाह प्रधानमन्त्रीमा नियुक्त

चैत १३ काठमाडौँ । बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन्। रामचन्द्र पौडेलले उनलाई आज बिहान प्रधानमन्त्रीमा नियुक्त

महान्यायाधिवक्ताको व्याख्याले इन्टरनेटमा थप कर लगाउने तर्क खारेज

 चैत १०, काठमाडौँ ।महान्यायाधिवक्ताको कार्यालयले इन्टरनेट सेवामा थप कर लगाउनुपर्ने आधारहीन तर्कलाई खारेज गरेपछि इन्टरनेट

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत