ग्लोबल टी–२० लिगमा सन्दीपको उत्कृष्ट प्रदर्शन , लिए ५ खेलमा ८ विकेट !

क्यानाडामा जारी ग्लोबल टि-२० अन्तर्गत नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मोन्ट्रियाल टाइगर्सको जितमा ३ विकेट लिएका छन् ।

sandeep

टस जितेर पहिले बलिङ रोजेको मोन्ट्रियालले वेष्ट इन्डिज ‘बि’लाई २० ओभरमा १ सय ६२ रनमा रोक्न सफल भयो । टोलीका लागि सन्दीपले सर्वाधिक ३ विकेट लिए । उनले टप-अर्डरकै तीनवटा ब्याट्सम्यानका विकेट लिएका थिए । ४ ओभर बलिङ गर्दै ३१ खर्चिएका थिए । उनले १३ डट बल पनि फालेका थिए ।

जवाफमा १ सय ६३ रनको लक्ष्य मोन्ट्रियालले १८ औं ओभरमै पुरा गर्न सफल रह्यो । मोन्ट्रियालका लागि सुनिल नारनले ओपनिङ गर्दै विष्फोटक ६१ रन बनाएका थिए । ६ टोली सम्मिलित प्रतियोगितामा मोन्ट्रियालको यो दोस्रो जित हो ।

आफूले खेलेका ५ खेलमा सन्दीपले ८ विकेट लिएका छन् । पहिलो ३ खेलमा १-१ विकेट लिएका सन्दीपले अघिल्लो खेलमा २ विकेट लिएका थिए । १ खेल कम खेलेका सन्दीप प्रतियोगिताको सर्वाधिक विकेट लिने सुचीमा छैठौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली