रसियामा जारी विश्वकप फुटबल सुरु हुनुभन्दा अघिदेखि नै सामाजिक सञ्जालमा विभिन्न खाले ट्रोल तथा हँसिमजाक सुरु भएको थियो । अहिले टिम, खेलाडी हुँदै समर्थकको समेत ट्रोल बन्न थालेका छन् ।
विश्वकप फुटबलको क्वार्टरफाइनलको खेल शुक्रबारदेखि सुरु हुँदैछ । अहिलेसम्म विश्वकप र खेलाडीले गरेको प्रदर्शन तथा क्रियाकलापका बारेमा सामाजिक सञ्जाल मज्जाले तातिएको छ । यतिबेला सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतमा विश्वकपसँग जोडिएर खेलाडीको ट्रोलले माहोल तताइरहेको छ ।
विश्वकप सुरु हुनुअघि नै ट्रोल
सामाजिक सञ्चालमा विश्वकप सुरु हुनुभन्दा अघिदेखि नै टिम, खेलाडीको बारेमा ट्रोल बन्न थालेका थिए । विशेषगरी जर्मनी, पोर्चुगल, ब्राजिल, अर्जेन्टिना लगायतका टिमको बारेमा र केही खेलाडीको बारेमा ट्रोल बने ।
समूह चरणबाटै बाहिरिएका विश्वविजेता जर्मनीको बारेमा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको ट्रोलले पनि सामाजिक सञ्जालमा खुबै स्थान पायो । त्यसो त संयोगै मान्नुपर्छ, विराट कोहलीले सपोर्ट गरेको टिम जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरियो । जर्मनी बाहिरिनुभन्दा अघि नै यो ट्रोल बनेको थियो ।
सबैभन्दा बढी ट्रोल नेयमारको
जारी विश्वकप फुटबलमा ब्राजिलियन खेलाडी नेयमार सबैभन्दा बढी विवादित बने । समूह चरणको पहिलो खेलमा कोष्टारिकाविरुद्ध मैदानमा उत्रिएका नेयमारको आलोचना त्यहीँबाट सुरु भएको थियो भने सामाजिक सञ्जालमा ट्रोल पनि सुरु भएको थियो ।
नेयमार सबैभन्दा बढी विवादित प्रिक्वाटरफाइनलमा कोलम्बियाविरुद्धको खेलमा बने । नेयमार मैदानमा लडेपछि उनीसँगै भएको बल मेक्सिकोका खेलाडीले खोस्न लाग्दा खुट्टामा टेकेका थिए । त्यसपछि नेयमारले आफूलाई निकै गाह्रो हुने गरी टेकेको भन्दै लडिबुडि गरेका थिए । यहि विषयलाई लिएर मिडिया, सामाजिक सञ्जालमा चर्चा भइरह्यो ।
यस विषयलाई लिएर नेयमारको बारेमा विभिन्न ट्रोल बनेको हो ।
लियोनल मेस्सी
अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सीको ट्रोल पनि सामाजिक सञ्जालमा भइरल बन्यो । अर्जेन्टिना र आइसल्यान्डले समूह चरणको पहिलो खेलमा १–१ गोलको बराबरी खेल्दा कप्तान मेस्सीले पेनाल्टी मिस गरेका थिए । सामाजिक सञ्जालमा ट्रोल बनाउनेले मेस्सीलाई मिस पेनाल्टी भन्दै ताजसम्म पहिर्याउन भ्याए । अर्जेन्टिना प्रिक्वाटफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित हुँदा मेस्सीको निकै ट्रोल बनेको थियो ।
त्यसो त समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्दै अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्दा पनि बाहुबलीको रुपमा मेस्सीको ट्रोल बनेको थियो ।
क्रिष्टियानो रोनाल्डो
पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ट्रोलले पनि सामाजिक सञ्जालमा निकै स्थान पायो । मेस्सीका समर्थकले रोनाल्डोकोे र रोनाल्डोका समर्थकले मेस्सीको कमीकमजोरी केलाउँदै पनि ट्रोल बनाए । समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दा रोनाल्डोले पनि पेनाल्टी मिस गरेका थिए । मिस पेनाल्टी भन्दै रोनाल्डोलाई पनि ट्रोल बनाउनेले ताज लगाइदिए ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने
कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास
असोज २२, २०८१, मङ्गलबार। हरेक देशका आफ्नै भाषा, जाति, समुदायहरू एवं तिनका आआफ्नै संस्कृति पनि
बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र