
काठमाडौं,19 असार । अकूत सम्पत्ति वाला नेपालीहरुले स्वीस बैंकमा जम्मा गरेको कालो धन सामाजिक संजालमा हिजोआज भाइरल भैरहेको छ । कालो कमाइबाट आर्जेको कालो धन नेपालीहरूले स्वीस बैंकमा सन् २००८ को तुलनामा सन् २०१७ मा ४ गुणा बढी धन जम्मा गरेको । स्वीस बैंकले जनाएको भनेर डाटासहित सामाजिक संजालमा छरपस्ट भएको छ। सन् २००८ मा ८६.२२ मिलियन स्वीस फ्र्यांक थियो भने अहिले ०१७ मा त्यो कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको डाटामा स्पष्ट देखिन्छ । स्वीस बैंक कालोधन सुरक्षित गर्नमा विश्व प्रख्यात छ ।

यसबारेमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय फेसबुकमा लेख्छन् ” नेपाली क-कसको कालो धन रहेछ सरकारले फिर्ता लिन पहल गरे हुने !”
तर, फिर्ता लिने वा ल्याउने कुरामा विश्वास गर्न गारो छ, किन भने गणतान्त्रिक व्यबस्था आएको १० वर्षको अवधिमा कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको छ। यो अंक ४ गुणाले बढेको हो।
यसमा गणतान्त्रिक व्यबस्थाका सत्ताधारी र कालो धन आर्जन गर्ने कालो व्यवसाय गर्नेहरु नै भएकाले यी कालो धन वाला राष्ट्रघातीहरुको गणतान्त्रिक व्यबस्थाका शक्ति केन्द्रमा बलियो पहुँच रहने भएकाले यो गणतान्त्रिक व्यबस्थाको नेकपाको शक्तिशाली सरकारले पनि स्वीस बैंकबाट कालोधन फिर्ता ल्याउन पहल गर्छ भन्ने कुरामा नेपाली जनताले एकरत्ति पनि विश्वास गर्न सक्दैनन्।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद