
काठमाडौं,19 असार । अकूत सम्पत्ति वाला नेपालीहरुले स्वीस बैंकमा जम्मा गरेको कालो धन सामाजिक संजालमा हिजोआज भाइरल भैरहेको छ । कालो कमाइबाट आर्जेको कालो धन नेपालीहरूले स्वीस बैंकमा सन् २००८ को तुलनामा सन् २०१७ मा ४ गुणा बढी धन जम्मा गरेको । स्वीस बैंकले जनाएको भनेर डाटासहित सामाजिक संजालमा छरपस्ट भएको छ। सन् २००८ मा ८६.२२ मिलियन स्वीस फ्र्यांक थियो भने अहिले ०१७ मा त्यो कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको डाटामा स्पष्ट देखिन्छ । स्वीस बैंक कालोधन सुरक्षित गर्नमा विश्व प्रख्यात छ ।

यसबारेमा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय फेसबुकमा लेख्छन् ” नेपाली क-कसको कालो धन रहेछ सरकारले फिर्ता लिन पहल गरे हुने !”
तर, फिर्ता लिने वा ल्याउने कुरामा विश्वास गर्न गारो छ, किन भने गणतान्त्रिक व्यबस्था आएको १० वर्षको अवधिमा कालो धन बढेर ३२२.८८ मिलियन स्वीस फ्र्यांक पुगेको छ। यो अंक ४ गुणाले बढेको हो।
यसमा गणतान्त्रिक व्यबस्थाका सत्ताधारी र कालो धन आर्जन गर्ने कालो व्यवसाय गर्नेहरु नै भएकाले यी कालो धन वाला राष्ट्रघातीहरुको गणतान्त्रिक व्यबस्थाका शक्ति केन्द्रमा बलियो पहुँच रहने भएकाले यो गणतान्त्रिक व्यबस्थाको नेकपाको शक्तिशाली सरकारले पनि स्वीस बैंकबाट कालोधन फिर्ता ल्याउन पहल गर्छ भन्ने कुरामा नेपाली जनताले एकरत्ति पनि विश्वास गर्न सक्दैनन्।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली