रुसमा जारी विश्वकप फुटबलमा आज (सोमबार) प्रि–क्वाटरफाइनलको दुई खेल हुँदैछ ।
रुस विश्वकप अन्तर्गत आज नकआउट चरणको पाँचौ र छैटौं खेल हुन् लागेको हो । आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापानले प्रतिस्पर्धा गर्दै छन् ।
आज हुने पहिलो खेलमा ब्राजिल र मेक्सिकोले प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ मा सुरु हुनेछ ।
समारा स्टेडियममा हुने खेलमा दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ई को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो । मेक्सिको समूह एफ को उपविजेता बन्दै प्रि– क्वाटरफाइनलमा पुगेको हो ।
विश्वकप अन्तर्गत आज हुने दोस्रो खेलमा युरोपियन राष्ट्र बेल्जियम र एसियन राष्ट्र जापानले प्रतिस्पर्धा गर्दैछ । बेल्जियम र जापानबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा सुरु हुनेछ ।
रोस्तोभ एरिनामा हुने खेलमा दुवै टोलीको लक्ष्य क्वाटरफाइनलमा पुग्नु रहने छ । बेल्जियम समूह जी को बिजेता बन्दै नकआउट चरणमा पुगेको हो भने जापानले समूह एच को उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको थियो ।
जारी विश्वकपमा फ्रान्स, उरुग्वे, रुस र क्रोएसियाले अन्तिम आठमा स्थान पक्का गरेका छन् । यो विश्वकपमा अर्जेन्टिना, पोर्चुगल, स्पेन र डेनमार्कले अन्तिम आठको यात्रा गर्न सकेनन् । एजेन्सी
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
२६ असोज २०८२, आइतबार गत भदौ २३ र २४ गते ‘जेनजी’ उमेर समूहका युवाको प्रदर्शनपछि
काठमाडौँ, असोज २४ गते। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले अबदेखि चिकित्सकहरूलाई औषधी सिफारिस
काठमाडौँ, असोज ५ गते।जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते राजधानीमा राज्यका तीन प्रमुख निकाय—प्रधानमन्त्रीको कार्यालय
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष