नुनको बढी प्रयोग नगर्नुहोस्, मष्तिष्कलाई गर्छ हानी !

saltनुनलाई लामो समयदेखि उच्च रक्तचापको कारकका रुपमा हेरिँदैं आइएको छ । तर नयाँ अनुसन्धानले नुनको अधिक सेवनबाट मष्तिष्कलाई समेत असर गर्ने देखाएको छ । नुनको अधिक सेवन र स्मरणशक्तिबीचको सम्बन्धका बारेमा अनुसन्धानकर्ताहरुले पछिल्लोपटक मुसामा प्रयोग गरेका हुन् । अनुसन्धानका क्रममा उनीहरुले मुसामा अरु बेलाभन्दा १६ गुणाबढी नुन भएको खानेकुरा दिए ।

८ देखि १२ साताभित्र ती मुसामा स्मरणशक्ति र सोच्ने क्षमतमा समस्या आएको भेटियो । तिनीहरुले आफूले थाहा पाएका कुरा र नयाँ कुराबारे अन्यलाई सूचना दिन र आफ्नो गुँड बनाउनसमेत समस्या भएको अनुसन्धानकर्ताहरुले विश्लेषण गरे ।

‘मानिसमा यो विषयलाई तुलना गर्ने हो भने गम्भीर खालको डिमेन्सियासंग तुलना गर्न सकिन्छ,’ न्यूयोर्कको वाइल कर्नेल मेडिकल कलेजका न्यूरोलोजी एण्ड न्यूरो साइन्सका प्राध्यापक कोस्टान्टिनो ल्याडेकोलाले भने । मानिसहरुमा भने अधिक नुन सेवनले स्मरणशक्ति तथा कपडा लगाउन, खाना बनाउन तथा दैनिक जीवनका अन्य कार्य गर्न  समस्या हुने उनको भनाई छ ।

अमेरिकीन डाइटमा नुनको मात्रा सामान्यभन्दा ६ गुणा बढी हुने आँकलन छ । तर अधिकांशले प्रशोधित र रेष्टुराँको खाना खाने भएकाले अमेरिकीहरुले कति नुन सेवन गर्छन् भन्ने कुनै यकिन तथ्यांक छैन । त्यसैले अधिक नुनको सेवनमा सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।

नुनका फाइदा पनि छन्

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । यो सोडियमको राम्रो स्रोत हो । नुनका केही प्रकारमा क्याल्सियम, पोटासियम, आइरन र जिंक पनि पाइन्छ । अचेल विश्वभर नै आयोडिन मिसाइएको नुन वितरण गरिन्छ । जसले आयोडिनको कमीले हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पुर्‍याउँछन् ।

स्वाद बढाउने भएकाले आजकाल अधिकांश तयारी खाद्यपदार्थमा केही न केही नुनको मात्रा मिसाइएकै हुन्छन् । केही खाद्यपदार्थमा भने प्राकृतिक रुपमै नुनको मात्रा हुन्छ ।  चिकित्सकहरुले सीमित मात्रामा नुनको उपभोगले स्वास्थ्यलाई फाइदा पुग्ने बताउछन् । दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुने उनीहरुको भनाई छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।