नुनको बढी प्रयोग नगर्नुहोस्, मष्तिष्कलाई गर्छ हानी !

saltनुनलाई लामो समयदेखि उच्च रक्तचापको कारकका रुपमा हेरिँदैं आइएको छ । तर नयाँ अनुसन्धानले नुनको अधिक सेवनबाट मष्तिष्कलाई समेत असर गर्ने देखाएको छ । नुनको अधिक सेवन र स्मरणशक्तिबीचको सम्बन्धका बारेमा अनुसन्धानकर्ताहरुले पछिल्लोपटक मुसामा प्रयोग गरेका हुन् । अनुसन्धानका क्रममा उनीहरुले मुसामा अरु बेलाभन्दा १६ गुणाबढी नुन भएको खानेकुरा दिए ।

८ देखि १२ साताभित्र ती मुसामा स्मरणशक्ति र सोच्ने क्षमतमा समस्या आएको भेटियो । तिनीहरुले आफूले थाहा पाएका कुरा र नयाँ कुराबारे अन्यलाई सूचना दिन र आफ्नो गुँड बनाउनसमेत समस्या भएको अनुसन्धानकर्ताहरुले विश्लेषण गरे ।

‘मानिसमा यो विषयलाई तुलना गर्ने हो भने गम्भीर खालको डिमेन्सियासंग तुलना गर्न सकिन्छ,’ न्यूयोर्कको वाइल कर्नेल मेडिकल कलेजका न्यूरोलोजी एण्ड न्यूरो साइन्सका प्राध्यापक कोस्टान्टिनो ल्याडेकोलाले भने । मानिसहरुमा भने अधिक नुन सेवनले स्मरणशक्ति तथा कपडा लगाउन, खाना बनाउन तथा दैनिक जीवनका अन्य कार्य गर्न  समस्या हुने उनको भनाई छ ।

अमेरिकीन डाइटमा नुनको मात्रा सामान्यभन्दा ६ गुणा बढी हुने आँकलन छ । तर अधिकांशले प्रशोधित र रेष्टुराँको खाना खाने भएकाले अमेरिकीहरुले कति नुन सेवन गर्छन् भन्ने कुनै यकिन तथ्यांक छैन । त्यसैले अधिक नुनको सेवनमा सचेत हुनुपर्ने विज्ञको सुझाव छ ।

नुनका फाइदा पनि छन्

नुनलाई सोडियम क्लोराइड पनि भनिन्छ । यसमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड हुन्छ । यो सोडियमको राम्रो स्रोत हो । नुनका केही प्रकारमा क्याल्सियम, पोटासियम, आइरन र जिंक पनि पाइन्छ । अचेल विश्वभर नै आयोडिन मिसाइएको नुन वितरण गरिन्छ । जसले आयोडिनको कमीले हुने रोगबाट बचाउने काम गर्छ । नुनमा भएका खनिज तत्वले शरीरमा भएको तरल पदार्थको सन्तुलन मिलाउने, नसाको प्रसारण र मांसपेशीको कार्यलाई सघाउ पुर्‍याउँछन् ।

स्वाद बढाउने भएकाले आजकाल अधिकांश तयारी खाद्यपदार्थमा केही न केही नुनको मात्रा मिसाइएकै हुन्छन् । केही खाद्यपदार्थमा भने प्राकृतिक रुपमै नुनको मात्रा हुन्छ ।  चिकित्सकहरुले सीमित मात्रामा नुनको उपभोगले स्वास्थ्यलाई फाइदा पुग्ने बताउछन् । दैनिक २३०० मिलिग्राम या त्योभन्दा कम नुनको सेवन गर्नु उपयुक्त हुने उनीहरुको भनाई छ । यो भनेको दैनिक एक चम्चा हो । तर विश्वका ९० प्रतिशतभन्दा बढीमानिस त्योभन्दा निकै बढी नुन सेवन गर्छन् । नुनको बढी सेवनले उच्च रक्तचाप बढाउने र त्यसबाट हृदयाघात र स्ट्रोकको समस्या बढाउने पनि खतरा हुन्छ ।  एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना