माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ

download-11काठमाडौं, १४ कात्तिक । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय सुनाइएका माओवादी नेता बालकृष्ण ढुङ्गेल पक्राउ परेका छन् ।

मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ढुङ्गेललाई ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । सादा पोसाकमा खटिएका प्रहरी टोलीले ११ बजे पक्राउ गरेको  प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए ।

जिल्ला अदालतबाट म्याद थप गरी उनलाई हिरासतमा लिइने न्यौपानेले जानकारी दिए ।

यसअघि माओवादी र काँग्रेसको सरकार भएका कारण ढुङ्गेललाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको थियो ।  केही दिनअघि मात्र उनलाई सर्वोच्चले सात दिनभित्र पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै प्रहरीविरुद्ध नै अदालतको अवहेलनाको रिट परेको थियो । जसअनुसार उनलाई सोमबारभित्र प्रहरीले पक्राउ गर्नुपर्ने थियो । तर, समयसीमा सकिएको एकदिनपछि ढुङ्गेललाई पक्राउ गरेको हो ।

ढुङ्गेल पक्राउ नपरेका भए प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई कारबाही हुन्थ्यो । सोहीकारण प्रहरीले नाटकीय ढंगले ढुङ्गेललाई पक्राउ गर्‍यो ।

ढुङ्गेललाई उज्जन श्रेष्ठको हत्यामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालत ओखलढुंगाले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १५७ विश्वासको मत प्राप्त

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको