विश्वकप २०१८ : अहिलेसम्म ४ टिमको अन्तिम १६ को स्थान पक्का , कसको सम्भावना कस्तो छ ? (अंक तालिकासहित)

रसियामा जारी २१औं संस्करणको फिफा विश्वकप २०१८ मा अहिलेसम्म ४ वटा टिमले अन्तिम १६ को स्थान पक्का गरिसकेका छन्। यस्तै ५ वटा टिम विश्वकप नकआउट चरणको दौडबाट बाहिरिसका छन्।

1528618147fifa_world_cup_2018

अहिलेसम्म अन्तिम १६ मा पुग्ने टिमहरूमा समूह ए बाट आयोजक रसिया र उरूग्वे एक खेल अगावै अन्तिम १६ मा पुगिसकेका छन्।

सोही समूहबाट एसियाली राष्ट्र साउदी अरेबिया र इजिप्ट बाहिरिएका छन्।

यस्तै समूह बी बाट स्पेन पोर्चुगल र इरानको समान सम्भाना छ। समान २ खेलेका उहीहरूमध्ये स्पेन र पोर्चुगलको समान ४ अंक छ भने इरान तीन अंकसहित प्रतिश्पर्धामा छ। दुबै खेल हारेको मोरक्को बाहिरिसकेको छ।

अब यो समूहको सोमबार हुने खेलबाट अन्तिम १६ मा पुग्ने टिमको टुंगो लाग्छ। जसमा इरान र पोर्चुगलबीच हुने खेलको विजेता दोस्रो चरणमा पुग्छ। उता स्पेनलाई दोस्रो चरणमा पुग्न मोरक्कोलाई हराउनुपर्ने हुन्छ।

समूह सि बाट फ्रान्स अन्तिम १६ मा पुगिसकेको छ भने पेरू बाहिरिइसकेको छ।  यो समूहबाट डेनमार्क ४ अंकसहित दोस्रो स्थानमा छ भने  अष्ट्रेलियाले १ अंकसहित नकआउट चरण प्रवेशको सम्भावना जिवितै राखेको छ।

अब अन्तिम खेलमा फ्रान्सविरूद्ध जित निकाले डेनमार्क अन्तिम १६ मा पुग्नेछ भने अष्ट्रेलियाले पेरूलाई हराए पुग्न सक्छ।

समूह डिबाट क्रोएसिया अन्तिम १६ मा पुग्ने पहिलो टिम भएको छ।  यसमा नाइजेरिया ३ अंकसहित दोस्रो स्थानमा रहँदा अर्जेन्टिना र आइसल्याण्डको समान १-१ अंकसहित दोस्रो चरण प्रवेशका लागि संघर्षरत छन्।

अब अन्तिम खेलबाट नकआउट चरण पुग्ने अन्तिम टिमको टुंगो लाग्नेछ। यो समूहबाट कोही बाहिरिएका छैनन्।

समूह ई बाट कोही पनि अन्तिम १६ मा प्रवेश गरेका छैनन् यद्यपी ब्राजिल र स्विटजरल्याण्ड शीर्ष दुईमा छन् भने सर्वियाले ३ अंकसहित नकआउट चरण प्रवेश सम्भावना कायमै राखेको छ। यो समूहबाट कोष्टारिका बाहिरिसकेको छ। अब अन्तिममा हुने सर्बिया र ब्राजिलको बिजेता अन्तिम १६ मा पुग्नेछ भने स्विटजरल्याण्डलाई अन्तिम १६मा पुग्न कोष्टारिकालाई हराउनुपर्नेछ।

समूह एफबाट कोही पनि नकआउट चरणमा पुगेका छैनन् र कोही बाहिरिएका छैनन्। यसमा सबैको सम्भावना छ।

समूह जीमा पनि एक-एक भएका छन्। जसमा बेल्जियम र इङ्ल्याण्डले जित निकालेका छन्। यसमा कोही नकआउट चरणमा प्रवेश गरेको छैन र कोही आउट पनि भएको छैन। सबैको सम्भावना उत्तिकै छ।

समूह एचमा पनि एक-एक खेल भएको छ। यसमा जापान र सेनेगलले जितेका छन्। पोल्याण्ड र कोलम्बिया रहेको समूहमा सबैको सम्भावना उत्तिकै छ।

शनिबार बिहानसम्म अन्तिम १६ मा पुगेका टिम

रसिया (ए)

उरूग्वे (ए)

फ्रान्स (सी)

क्रोएसिया (डी)

शनिबार बिहानसम्म बाहिरिएका टिम

साउदी अरेबिया (ए)

इजिप्ट (ए)

मोरक्को (बी)

पेरू (सी)

कोस्टारिका (ई)

हेर्नुहोस् अंक तालिका

अंक तालिका
समूह ए
टिम खेल जित हार बराबर गोल अन्तर अंक
उरुग्वे उरुग्वे 2 2 0 0 2 6
रूस रूस 2 2 0 0 7 6
साउदी अरब साउदी अरब 2 0 2 0 -6 0
इजिप्ट इजिप्ट 2 0 2 0 -3 0
समूह बी
टिम खेल जित हार बराबर गोल अन्तर अंक
पोर्चुगल पोर्चुगल 2 1 0 1 1 4
स्पेन स्पेन 2 1 0 1 1 4
इरान इरान 2 1 1 0 0 3
मरोक्को मरोक्को 2 0 2 0 -2 0
समूह सी
टिम खेल जित हार बराबर गोल अन्तर अंक
फ्रान्स फ्रान्स 2 2 0 0 2 6
डेनमार्क डेनमार्क 2 1 0 1 1 4
अस्ट्रेलिया अस्ट्रेलिया 2 0 1 1 -1 1
पेरु पेरु 2 0 2 0 -2 0
समूह डी
टिम खेल जित हार बराबर गोल अन्तर अंक
क्रोएशिया क्रोएशिया 2 2 0 0 5 6
नाइजेरिया नाइजेरिया 2 1 1 0 0 3
अर्जेन्टिना अर्जेन्टिना 2 0 1 1 -3 1
आइसल्याण्ड आइसल्याण्ड 2 0 1 1 -2 1
समूह ई
टिम खेल जित हार बराबर गोल अन्तर अंक
ब्राजिल ब्राजिल 2 1 0 1 2 4
स्विजरल्याण्ड स्विजरल्याण्ड 2 1 0 1 1 4
सर्बिया सर्बिया 2 1 1 0 0 3
कोस्टारिका कोस्टारिका 2 0 2 0 -3 0
समूह एफ
टिम खेल जित हार बराबर गोल अन्तर अंक
मेक्सिको मेक्सिको 1 1 0 0 1 3
स्वीडेन स्वीडेन 1 1 0 0 1 3
जर्मनी जर्मनी 1 0 1 0 -1 0
दक्षिण कोरिया दक्षिण कोरिया 1 0 1 0 -1 0
समूह G
टिम खेल जित हार बराबर गोल अन्तर अंक
इङ्गल्याण्ड इङ्गल्याण्ड 1 1 0 0 1 3
बेल्जियम बेल्जियम 1 1 0 0 3 3
पानामा पानामा 1 0 1 0 -3 0
टुनीशिया टुनीशिया 1 0 1 0 -1 0
समूहएच
टिम खेल जित हार बराबर गोल अन्तर अंक
सेनेगल सेनेगल 1 1 0 0 1 3
जापान जापान 1 1 0 0 1 3
पोल्याण्ड पोल्याण्ड 1 0 1 0 -1 0
कोलोम्बिया कोलोम्बिया 1 0 1 0 -1 0

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

एमाले अध्यक्ष ओली मतदातासँगको भेटघाटमा सक्रिय

फाल्गुन ४, दमक ।  केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली