चार पटकको विश्व विजेता जर्मनी आज ‘गर या मर’को अवस्थामा मैदानमा उत्रँदैछ । रसिया विश्वकपमा आफ्नो पहिलो खेल १-० गुमाएको जर्मनी आज स्वीडेनसँग भिड्दैछ । आजको खेल जर्मनीले आफ्नो पक्षमा पारेमा मात्र उ विश्वकपमा रहन पाउँछ । नत्र बाहिरिनुको विकल्प छैन ।
ब्राजिलमा चार वर्ष पहिले च्याम्पियन बनेको जर्मन टीम रसियामा भने खराब लयका साथ पुगेको थियो । जसलाई सुरुआतमै मेक्सिकोले झट्का लगाइदियो ।
जोचिम लोले प्रशिक्षण सम्हालिरहेका जर्मन टीम जसरी पनि फिश्त रंगशालामा जीतका लागि लड्नुपर्ने हुन्छ । विपक्षी टीम स्वीडेन यतिबेला राम्रो अवस्थामा छ । उसले पहिलो म्याचमा कोरियालाई हराएको थियो । समुह ‘एफ’को शीर्षस्थानमा स्वीडेन रहँदा दोस्रो स्थानमा दक्षिण कोरिया छ ।
जर्मनीका मेसुत ओजिलको प्रदर्शन खासै राम्रो नभएको खेल पण्डितहरुले बताउँदै आएका छन् । यस्तो अवस्थामा मुलरलाई ओजिलले साथ दिनुपर्ने हुन्छ ।
जर्मनीसँग युवा स्टार र अनुभवी खेलाडीहरुको संयोजन भएका कारण पनि आजको म्याचमा जीत हासिल गर्ने आशा राख्न सकिन्छ । स्वीडेनविरुद्ध म्याचको परिणामले बताउनेछ ५८ वर्षीय प्रशिक्षक जोचिम लो आफ्नो भूमिकालाई कति समयसम्म टिकाउँछन् भन्ने ।
उता अन्डरडग स्वीडेनसँग जर्मनीलाई हराएर नकआउट चरणमा पुग्ने सुनौलो अवसर छ । स्वीडेन पछिल्लो दुई विश्वकपमा क्वालिफाई हुन सकेको थिएन । दक्षिण कोरियाविरुद्ध आंद्रियस ग्र्यांसक्वीस्टको गोल नै निर्णायक बनेको थियो र अर्को चरण प्रवेशका लागि सहज बनाउन सहयोग गरेको थियो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फाल्गुन ४, दमक । केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली