यो रगत समूह भएकालाई कडा खालको ब्याक्टेरिया संक्रमणको खतरामा

इ–कोली ब्याक्टेरियाले कडा खालको पखाला लगाउने गर्छ । यो ब्याक्टेरियाले विशेष गरेर अल्पविकसित राष्ट्रका बच्चाहरुलाई असर गर्छ । बासिङ्टन विश्वविद्यालयले गरेको एक नयाँ अध्ययनले यो ब्याक्टेरियाले ‘ए’ रगत समूह भएकाहरुलाई बढी असर गर्ने देखियो । यसले ‘ओ’ र ‘बी’ रगत समूहलाई भने ‘ए’लाई जस्तो असर पारेको देखिएन ।

blood_group_bkVzmSIn2n-470x264

यसको कारणमा इ–कोली ब्याक्टेरियाले उत्सर्जन गर्ने प्रोटिन ‘ए’ रगत समूह भएकाहरुको आन्द्राका कोषहरुमा टासिने तर ‘ओ’ र ‘बी’ रगत गर्मीमा  इ–कोलीको संक्रमणको बढी खतरामा हुन्छ । यो समयमा सडक छेउमा राखिएका जुस, चिसो पेय पदार्थ र पानीको खपतमा वृद्धी हुने गर्छ । यो समयमा यी पेय पदार्थमा इ–कोलीको ब्याक्टेरियाको मात्रा उच्च हुन्छ । यो समयमा बरफको नमुनामा समेत इ–कोली ब्याक्टेरियाको मात्रा बृद्धी हुने देखिएको छ ।

“रगत समूहमा यो रोगको गम्भिरतमा हुने भिन्नतामा यो प्रोटिनको हात हुने हामीले सोचेको छौं ,” बासिन्टन विश्वविद्यालयका सहायक प्राध्यापक जेम्स फ्लेकेन्स्टनले भने, “यो प्रोटिनलाई नष्ट गर्ने खोपले सम्भवत यो रोगको सबैभन्दा खतरामा रहेकाहरुलाई बचाउनेछन् ।”

अध्ययनको लागि यो अनुसन्धान समूहले १०० भन्दा बढी स्वस्थ स्वयमसेवकहरुलाई इ–कोली एक डोज सुई मार्फत दिएको थियो । त्यसपछि त्यो समूहले ती स्वयमसेवकहरुलाई पाँच दिनसम्म अवलोकन गरे र यो समयमा उनीहरुको रगतको नमूना पटक पटक जाँचियो । जर्नल अफ क्लिनिकल इन्भेष्टिगेसनमा प्रकाशित अध्ययनले ‘ए’ रगत समूह भएका स्वयमसेवकहरु ब्याक्टेरियाबाट छिट्टो र बढी गम्भिररुपमा बिरामी भएको पायो ।

अनुसन्धानमा सहभागी भएका १० मध्य ८(८१%)जना ‘ए’ रगत समूह भएका मानिसहरुमा पखाला रोगको विकास भयो । अध्ययनमा ‘बी’ र ‘ओ’ रगत समूह भएका आधा मानिसहरुमा मात्र रोग बिकास भएको थियो ।  अनुसन्धानदाताहरुले इ–कोली ब्याक्टेरियाले ‘ए’ रगत समुहको आन्द्राको कोषमा हुने सुगरमा टासिने खालको निश्चित खालको प्रोटिन निर्माण गरेको पाए । तर ‘ओ’ र ‘बी’ रगत समूहको सुगरमा भने त्यस्तो देखिएन ।  आन्द्रामा टासिएपछि इ–कोली ब्याक्टेरियालाई आन्द्राको कोषमा पखला लगाउने विषाक्त निष्कासन गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित