ओलीले हेपाहा प्रवृति देखाए भने उनको पतन कसैले रोक्न सक्दैन : सिटौला

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार अवश्यम्भावी भएको बताएका छन् । उनले अहंकार जारी राखे ओलीको पतन सुरू हुने तर्क गरे ।

शनिबार बिहान पत्रकार भेटघाटका क्रममा सिटौलाले मनैदेखि ओलीको हेपाहा प्रवृति बढेको हो भने उनको पतन कसैले रोक्न नसक्ने टिप्पणी गरे । उनले ओली नेतृत्वको सत्ताका कारण नीतिगत अराजकता बढेको तर्फ सचेत गराए ।

तीन तहका सरकारमा नीतिगत विसंगति सुरु भएको सिटौलाको बुझाई छ । शिक्षा क्षेत्रबाट सरकारले विकृतिको सुरुवात गरेको उनले दावी गरे ।

एक फरक प्रसंगमा नेता सिटौलाले नेकपा (विप्लव) को विद्रोह सरकारका लागि चुनौती बन्दै गइरहेको बताए ।

उनले आफ्नै पार्टी कांग्रेसभित्र पनि सांगठनिक विचलन आएको भन्दै संघीयताअनुरुप संरचना बनाउनुपर्ने बताए । ‘एकीकृत रूपमा निर्णय ल्याउन केन्द्रीय समितिमा प्रयास गरिए पनि मूर्त रूप पाउन सकेन,’ उनको आफ्नै पार्टीप्रतिको गुनासो थियो ।

नेता सिटौलाले कांग्रेस पराजित भए पनि कार्यकर्ताहरु कांग्रेसप्रति प्रतिवद्ध रहेको बताउँदै महासमितिको बैठक नयाँ वैचारिक एकतासहित टुङ्ग्याउन नेतृत्वलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न