May 26, 2018

जनप्रतिनिधिबीचको विवादले प्रशासनिक केन्द्र तोक्न ढिलाइ

जनप्रतिनिधिको विवादका कारण जुनिचाँदे गाउँपालिकाले अहिलेसम्म गाउँपालिकाको प्रशासनिक केन्द्र तोक्न सकेको छैन । निर्वाचन भएको एकवर्ष पूरा भए पनि विवादले गाउँपालिकाको केन्द्र तोक्न नसकिएको हो । 

गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीपक्षले जुनिचाँदेको लुवादहमा केन्द्र बनाउन आन्तरिक लविङ गरिरहेका छन् भने उपाध्यक्ष शिवा आचार्यलगायतका पक्ष जुनिचाँदेको स्यानाखोलामा केन्द्र राख्न दबाब दिइरहेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट जितेका अध्यक्ष र उपाध्यक्ष एउटै पार्टीका भएपनि केन्द्र तोक्ने विषयमा विभाजित भएपछि निर्णय गर्न समस्या भएको छ । 

सरकारले जुनीचाँदे गाँउपालिकाको अस्थायी केन्द्र स्यानाखोला नै तोकेको छ । ११ वडा रहेको गाँउपालिकामा चार–चार वटा वडा तत्कालिन एमाले र माओवादी केन्द्रले र नेपाली काँग्रेसले तीन वटा वडामा जितेको छ । सवै पार्टीका वडाध्यक्षहरु केन्द्र तोक्ने विषयमा एकमत हुन सकेका छैनन् । 

निर्वाचन भएको ६ महिनाभित्र सामान्य बहुमतले केन्द्र तोक्ने निर्णय गर्न सकिने प्रावधान थियो तर, ६ महिना बितिसकेपछि दुई तिहाई बहुमतले निर्णय गर्नुपर्ने प्रावधान रहेको छ । 

गाँउपालिकाको केन्द्र नतोक्दा अहिलेसम्म वडा कार्यालय समेत स्थापना हुन सकेका छैनन् भने अन्य विषयगत कार्यालय समेत अन्यौलमा छन् । गाँउपालिकाले पूर्वाधार विकासको लागि आवश्यक बजेटसमेत विनियोजन गर्न सकेको छैन । विषयगत कार्यालय र गाउँपालिकाको कार्यालय भाडाको घरमा सदरमुकाममा बस्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न