May 16, 2018

एमाले -माओवादी पार्टी एकता भोलि घोषणा, ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति, केन्द्रीय समितिमा २ सय ४१ जना एमाले र २ सय जना माओवादीका सदस्य रहने सहमति !

 काठमाडौँ, जेष्ठ २ । एमालेको स्थायी समिति बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेको छ।
बिहिबार हुने केन्द्रीय समिति बैठकको पूर्व तयारी र पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डाबारे अध्यक्षहरुको ब्रिफिङ सुन्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार एमाले स्थायी समिति बैठक बसेको थियो।स्थायी समिति बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी समितिलाई बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गरेको वान टु वान बैठकको ब्रिफीङ गरेका थिए।

बैठकमा उपस्थित एक नेताका अनुसार ओलीले एकीकृत पार्टीमा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति र ४३ सदस्यीय स्थायी समिति बनाउने समझदारी भएको जानकारी गराए। केन्द्रीय समितिमा २ सय ४१ जना एमाले र २ सय जना माओवादीका सदस्य रहने सम्झौता दुई नेताबीच भएको छ ।

एकीकृत पार्टीको स्थायी समितिमा २५ जना एमाले र १८ जना माओवादीबाट सदस्य रहने सहमति भएको छ। दुई अध्यक्षले अहिले पोलिटब्यूरो नबनाउने निर्णयसमेत गरेका छन् ।

भोलि एमाले माओवादी एकता संयोजन समितिको बैठक बस्ने छ।उक्त बैठक पछि दुई अध्यक्षबीच भएको समझदारी लिखित रूपमा पनि सार्वजनिक हुने बताईएको छ । विहिबार मदन भण्डारीको स्मृति दिवस पनि हो। दुबै अध्यक्षबाट एमाले कार्यलय बल्खुमा बिहीबार बिहान ८ बजे उक्त स्मृति सभामा सम्बोधन हुने र दिउँसो १२ बजे एकता घोषणा हुनेछ  भने १ बजे भोलि नै निर्वाचन आयोगमा एकीकृत पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्ने सहमति पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना