महोत्तरी: बस दुर्घटनामा ५० घाइते

1526375363

१ जेठ (रासस)- महोत्तरी जिल्लाको भिठ्ठामोड–जनकपुर सडकखण्डमा आज बस दुर्घटना हुँदा ५० जनाभन्दा बढी यात्रु घाइते भएका छन् । ज १ ख ७०१ नंको यात्रुवाहक बस महोत्तरीको भिठ्ठामोडबाट जनकपुर गइरहेका क्रममा आज अपराह्न १२.३० बजेतिर जलेश्वर नगरपालिका– ९ स्थित परिकौली चोक नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभयो । घाइतेमध्ये जलेश्वर–९ का असरफ राइनको बसमा च्यापिएर खुट्टा भाँचिएको छ ।

त्यस्तै अन्य सात जना पनि गम्भीर घाइते भएका छन् । घाइतेमध्ये १३ जनाको जिल्ला अस्पताल जलेश्वर र अन्यको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको तथा केही उपचारपछि आआफ्ना घर फर्केको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका यात्रुका अनुसार सो बसमा एक सयभन्दा बढी यात्रु कोचिएर बसेको र बस तीव्र गतिमा गइरहेका कारण बस चालकले बस नियन्त्रणमा लिन नसकेर बाटाको छेउमै रहेको खाल्डामा बस दुर्घटना भएको थियो । बस दुर्घटना भएलगत्तै चालक, सहचालक र अन्य बसका कर्मचारी फरार छन् भने घटनास्थलमा नेपाली सेना, स्थानीयवासी र नेपाल प्रहरी पुगेर दुर्घटनामा परेकाको उद्धार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना