May 4, 2018

इटहरीमा पनि ताेडियाे सिण्डिकेट : सुरक्षाकर्मिले चलाए यात्रुबाहक बस : सुनसरीबाट १० ब्यवसायि पक्राउ

सरकारले खारेज गरेकाे सिण्डिकेट प्रणालिकाे श्वागत गर्दै अाम जनताकाे पक्षमा उभिएर जाेखिम माेल्दै सवारी साधन सञ्चालनमा ल्याइएकाे एरीना यातायातका अध्यक्ष समिर कार्किले बताए । सुनसरीबाट एरीना यातायात र बिन्देश्वरी यातायात लगायत केहि कम्पनिका बसहरू अहिले सिण्डिकेट खारेजकाे प्रशंसा गर्दै सञ्चालनमा अाएका हुन । सञ्चालनमा अाएका बसहरूमा सशस्त्र प्रहरी , नेपाल प्रहरी तथा जनपथ प्रहरीलार्इ चालक बनाइ यात्रुहरूलार्इ गन्तब्य सम्म् पूर्याएका थिए ।

बन्दका कारण अलपत्र परेका यात्रुहरूले पनि सरकारले गरेकाे निर्णय सहि भएकाे र याे निर्णयबाट पछि नहट्न अनुराेध समेत गरेका छन । यात्रुहरूले जाेखिम माेलेर देशकाे सेवाकालागि अहाेरात्र खटिने प्रहरीहरूलार्इ समेत धन्यवाद दिएका छन । यता नेपाल सरकारले सिण्डिकेट हटाउने निर्देशिका जारी गरे पछि त्यसकाे बिराेध गर्दै यातायात बन्द गर्ने सुनसरीका १० बस ब्यवसायिहरूलार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । सुनसरीकाे धरानबाट  यातायात व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी सहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण चिमरियाले बताए । यातायात जस्ताे अत्याअावस्यक सेवालार्इ बन्द गराउन मदत गरेकाे भन्दै उनिहरूलार्इ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चिमरीयाले बताए ।

चिमरीयाका अनुसार सरकारकाे नीति बिपरीत अान्दाेलन गर्ने सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट, कोषाध्यक्ष सुमन थापा, पुर्वाञ्चल मोटर व्यवसायी संघका महासचिव नेत्र बहादुर थापा, संयुक्त बस व्यवसायी संघका नरेन्द्र पोमो त्यसै गरि इटहरी बाट यातायात व्यवसायी संघका अध्यक्ष धुव्र घिमिरेलार्इ पनि पक्राउ गरिएकाे बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका