सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायी आन्दोलित, गाडि बन्द

सरकारले यातायात क्षेत्रको सिण्डिकेट खारेज गर्ने निर्णय गरेपछि यातायात व्यवसायी आन्दोलित भएका छन् । सरकारको निर्णयविरुद्ध यातायात व्यवसायीले शुक्रबार गाडी चलाएका छैनन् ।

Old Bus Park in the capital seen empty

गाडी नचल्दा गन्तव्यमा जान यात्रुलाई समस्या भएको छ । विभिन्न कामले निस्केकाहरु पैदल हिड्न बाध्य भएका छन् । खासगरी कक्षा ११ र १२ को परीक्षा दिइरहेका विद्यार्थी र बिरामी बढी मारमा परेका छन् ।

परीक्षा केन्द्र टाढा परेका विद्यार्थीले यातायात नचल्दा आफुहरूलाई समस्या भएको गुनासो गरे । केहिले निजी सवारी साधनमा लिफ्ट मागेर काम चलाएका थिए । यातायातका साधन नचल्दा सडक सुनसान छन् भने राजधानीको नयाँ बसर्पाकमा यात्रुको बिचल्ली भएको छ ।

शुक्रबारदेखि यातायात बन्द हुने यसअघि नै घोषणा गरेकाले लामो रुटका सवारी साधन बिहीबारदेखि नै थन्किएका थिए । जसका कारण वसपार्क पुगेका यात्रु निरास देखिन्थे । काठमाडौं लगायत देशका विभिन्न स्थानमा भाडाका सवारी साधनहरू न्यूनमात्रामा देखिए । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ ।

केन्द्रीय राजधानी काठमाडौंसहित प्रदेश राजधानीमा पनि सार्वजनिक यातायातका साधन चलेका छैनन् । बुटवल, धनगढीलगायतका स्थानमा पनि यातायातका साधन नचल्दा यात्रु मारमा परेका छन् ।

यता सरकारले सिन्डिकेटधारी यातायात व्यवसायीको आन्दोलनका कारण शुक्रबार देशैभरि रुट फ्री गरेको छ । शुक्रबार जुनसुकै सडकमा सरकारले तोकेको भाडादर लिएर सवारीसाधान चलाउन सकिने छ ।

सरकारलाई सिन्डिकेटको विपक्षमा रहेका धेरै व्यवसायीले समेत साथ दिएका छन् । उनीहरुले विभिन्न रुटमा सवारिसाधान चलाउने जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने