एमाले-माओवादीबीच मिल्यो भागबण्डा, ६०/४० अनुपातमा एकता !

नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्ष एकताको विषयमा सहमति नजिक पुगेका छन् । 

यसअघि विबाद भनिएका माओवादी जनयुद्ध, केन्द्रीय समितिको समायोजन लगायतका बिषयमा सहमति जुटिसकेको एमाले माओवादीका नेताले जनाएका छन् ।

सहमतिको अन्तिम प्रयास स्वरुप प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीवार छलफल भएको छ । 

स्रोतका अनुसार दुई पार्टीबीच ६०/४० को अनुपातमा एकता गर्ने मोटामोटी सहमति भएको छ । ‘दुई पार्टीबीच सम्मानजनक एकता गर्ने सहमति भएको छ,’ प्रचण्ड निकट एक नेताले भने,‘बराबरीमा ५/७ प्रतिशत तलमाथि हुनसक्छ ।’

दुई अध्यक्षले सामूहिक नेतृत्व गर्ने बिषयमा यसअघि नै सहमति भइसकेको थियो । तत्कालका लागि महाधिवेशन आयोजक समिति बनाएर जानेबारे सहमति भएको छ । 

माओवादी प्रवक्ता पम्फा भुसालले एकता सकारात्मक दिशामा अगाडि बढेको बताइन् । ‘एकता सम्मानजनक हुन्छ’ प्रवक्ता भुसालले लोकान्तरसंग भनिन् ‘एकता घोषण सम्बन्धी निर्णय छिट्टै हुन्छ ।’

दुई पार्टीबीच ९ वैशाखमा पार्टी एकता गर्ने भनिएपनि कतिपय प्राविधिक बिषय मिल्न नसक्दा सो मितिमा एकता हुन सकेको थिएन । प्रचण्डले आगामी महाधिवेशनबाट आफू अध्यक्ष बन्ने सुनिश्चितता खोजेकोले एकतामा ढिलाइ भएको एमाले नेताहरुले बताउँदै आएका थिए । 

उच्च राजनीतिक स्रोतका अनुसार वैशाख २२ गते मार्क्स जयन्तीका अवसर पारेर दुई पार्टी एकताको घोषणा गर्ने तयारी गरिएको छ । 

वैशाख ९ गते लेनिन जयन्तिको अवसरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नभनिएको दिन पार्टी एकता गर्ने बताएका थिए । घोषणा गर्दा भाड्ने तत्वहरु सक्रिय रहेने उनको भनाइ थियो ।

पार्टी एकता गर्ने भन्दै दुई दलले गत वर्षको असोज १७ गते वामपन्थी गठबन्धन बनाएर चुनाव लडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने