ओठको कालोपन हटाउने ९ प्राकृतिक उपायहरु

ओठ मानिसको सुन्दरताको प्रतिरुप हो । विशेषगरी महिलाहरु ओठ सुन्दर बनाउन विभिन्न उपाय अपनाउछन् । लिपिस्टिक, बाम, मोस्चराइजर आदि अनेक प्रकारका साधन लगाउने गर्दछन् ।

p02gsk90

सुन्दर बनाउन लगाइएका यस्ता कुराले उल्टै ओठ कालो बनाइरहेका हुन्छन् । ओठको कालोपन हटाउन प्रयोग गर्न सकिने प्राकृतिक उपाय यस्ता रहेका छन् ।

१. कोको बटरः दुई चम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिने । उमालेको पानी एउटा भाडामा वाक्स हालेर पगाल्ने । यसमा कोको बटर हाल्ने । यो मिश्रणलार्इ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाउने । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।

२. दूधको तरः ओठको सुख्खापन हटाउँन थोरै तरमा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्ने । यसले केही दिनमै ओठ मुलायम र गुलाबी हुनेछ।

३. गुलाबको पत्ताः ओठको कालोपन हटाउँन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुन्छ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउने र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाएर र बिहान धुने गर्नुपर्दछ ।

४. कागतीः कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागती बिहान बेलुका आफ्नो ओठमा बिस्तारै रगडेर लगाउनु पर्दछ ।

५. केसरः काँचो दूधमा केसर मिसाएर पिसी ओठमा लगाउँदा यसबाट ओठको कालोपन हटी आकर्षक बन्छ ।

६. महः महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ । यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउने या महमा थोरै स्वाग मिसाएर ओठमा दिनमा दुर्इ पटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।

७. अण्डाः अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।

८. जैतूनको तेलः यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउने गर्दा ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

९. चुकन्दरः चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि