April 29, 2018

गर्मीमा छाला स्वास्थ्य राख्ने घरेलु उपायहरु !

नरिबलको तेल : गर्मीमा अक्सर मानिसहरु महंगा ब्रान्डका सनस्क्रीन लगाउँछन् । तर यदि घामले छाला डढेको छ भने नरिवलको तेल लगाउनाले छालाको रंगमा सुधार आउँछ । तेलमा थोरै कपुर मिलाएर लगाउनाले पनि समस्या कम हुन्छ ।

face

आलुको बोक्रा : आलुको बोक्राले छालामा ब्लीचको जस्तै काम गर्छ । यसलाई लगाउँदा कालो छालाको रंगमा सुधार आउँछ ।

घिउकुमारीको जेल : घिउकुमारीको जेलले छालाको रातोपनालाई कम गर्छ । यसलाई लगाउनाले छिट्टै राहत मिल्छ ।

काँक्रो र कागतिको रस : काँक्रोको रस एक कप निकालेर त्यसमा कागतिको रस मिसाउनुस् । त्यसलाई डढेको स्थानमा लगाएर १० मिनेटसम्म राख्नुपर्छ । यसलाई नियमित लगाउनाले चाँडै छालाको कालोपन हट्छ ।

बेसार र कागती : दूधमा २ चम्चा बेसार लगाएर डढेको ठाउँमा लगाई केहीबेर त्यत्तिकै छाड्ने र पछि तातो पानीले धुनुपर्छ । यो प्रक्रिया दिनमा दुईदेखि तीनपटक गर्नाले डढेको स्थानमा सुधार आउछ ।

मुसुरोको दाल र दही : मुसुरोको दालमा दही मिसाएर त्यसको लेप लगाउनाले छालाको समस्या समाधान हुन्छ । यो लेप नियमित लगाउनुपर्छ ।

मुल्तानी माटो : घामले डढेको छालाको उपचारका मुल्तानी माटो निकै लाभदायी हुन्छ । यसमा नरिवल पानी या चिनी राखेर पेस्ट बनाउने र डढेको ठाउँमा लगाई चिसो पानीले धुनाले फाइदा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि