
काठमाडौं- सर्वोच्च अदालतले करिब ८ अर्ब बिगो रहेको लागूऔषध दुरुपयोगका मुख्य अभियुक्तलाई चार लाख धरौटीमा रिहा गर्ने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासले जिल्लाको आदेश मिलेकै देखिएकाले उल्टाउनुनपर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो आदेशपछि ठूलो परिमाणको लागूऔषध दुरुपयोगको अभियोग लागेका एसआर ड्रग ल्याब्रोटरिजका सञ्चालक सञ्जयकुमार गुप्ता मुद्दाको फैसला नभएसम्म थुना बाहिरै हुने भएका छन्।
मुद्दा दर्ताको समयमा फरार रहेर सुटुक्क जिल्ला अदालत उपस्थित हुँदै न्यून धरौटीमा रिहा भएका उनको पक्षमा उच्च अदालतले समेत आदेश जारी गरेपछि सरकार सर्वोच्च पुगेको थियो। तर, सर्वोच्चले पनि गुप्ताको पक्षमा आदेश सुनाएको छ।
२ हजार १ सय १० किलो स्युडोफ्रिडिन खरिद गरेको एसआर ड्रगले १ हजार ६ सय ६२ किलो लागूऔषधका रुपमा बिक्री गरेको आरोपपत्रमा उल्लेख थियो। उक्त परिमाणको औषधिको बजार मूल्य झन्डै ६ अर्ब रुपैयाँ हुन्छ
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग