यी हुन् जौका अचम्मका फाइदा

हाइपरटेन्सन, बाथ, दम, छालाका समस्या, एनिमिया, मोटोपना, कब्जियत, मधुमेह, मिर्गौला तथा मुटुका समस्या छ भने जौको फाइदाबारे एकपटक जान्ने प्रयास गर्नुस् । यसमा मानिसलाई अति आवश्यक ८ प्रकारका अमिनो एसिड पाइन्छन् । यसको अर्थ हो, हामीलाई भोजनमा आवश्यक पर्ने सबैखालका प्रोटिन यसबाट पाउन सक्छौं । यसले ब्लड सुगरलाई समेत नियमित गर्छ। 

738746818jau_uqTnMCplpaविश्वभर विभिन्न समयमा गरिएका अनुसन्धानले मानिसहरुको खानपानमा फाइबरको कमी भएको देखाएका छन् । सबैखालका खाद्यपदार्थमध्ये जौ सबैभन्दा उत्कृष्ट फाइबरको स्रोत मानिन्छ, जसले दीर्घकालिन रुपमा स्वास्थ्यलाई राम्रो प्रभाव पार्छ । यसले शरीरलाई विषादिरहित बनाउँछ । यसको पातले मानिसको पाचन प्रणालीमा असल ब्याक्टेरिया निर्माण गर्न मद्दत गर्छ । पाचन प्रणालीलाई सही अवस्थामा राख्ने हो भने कोलोन क्यान्सर र हेमोरोइड्सको सम्भावना घटाउन सकिन्छ। 

यसलाई सलादको रुपमा, सुप बनाएर, सातुको रुपमा, अथवा तरकारीको रुपमा जसरी पनि खान सकिन्छ। 

जौ छालाको समस्याका लागि, रोगप्रतिरोधी क्षमता बढाउन, ओष्टियोपोरोसिस, गलस्टोन, मधुमेहजस्ता समस्याका लागि उपयोगी मानिन्छ। 

अघुलनशिल फाइबरको असल स्रोत भएकाले यसले महिलामा गलस्टोनको विकास हुनबाट रोक्छ र ट्राइग्लिसेरिड कम उत्पन्न हुन मद्धत गर्ने इन्सुलिनमा वृद्धि गर्छ । अमेरिकन जर्नल अफ ग्यास्ट्रोइन्टेरेलोजीका अनुसार खानामा फाइबर समावेश नगर्नेभन्दा फाइबरयुक्त खाना खाने महिलामा गलस्टोन हुने सम्भावना १७ प्रतिशत कम हुन्छ।

जौको पातमा फोस्फोरस र कपर हुन्छ,जसले हड्डी स्वस्थ राख्न मद्धत गर्छ । यदि ओस्टियोपोरोसिस छ भने जौले यसको प्राकृतिक उपचारको काम गर्छ । जौको पातको जुसमा दुधमा भन्दा ११ गुणा बढी क्याल्सियम पाइन्छ । क्याल्सियमले हड्डी रक्षा गर्न सघाउ  पुर्‍याउने आवश्यक तत्व हुन्छन् । हड्डीको स्वास्थ्यका लागि म्यांगानिज तत्व चाहिन्छ । यो तत्व पनि जौमा पाइन्छ। 

उच्च पोषक तत्व पाइने भएकाले यसले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र रुघाखोकी लाग्ने सम्भावना पनि कम गराउँछ । आइरनले रगतको परिमाण वृद्धि गर्छ र एनिमियाजस्ता समस्या आउन दिँदैंन । यसले मिर्गौलालाई सही रुपमा सन्चालन हुन मद्धत गर्छ र कोषको विकास पनि गर्छ । यसमा हुने कपरले हेमोग्लोबिन र राता रक्तकोष निर्माण गर्छ।

जौ सेलेनियमको राम्रो स्रोत हो । यो मुटु, प्याङक्रियाजका लागि राम्रो मानिन्छ। सेलेनियम अभावमा छाला, कोलोन, प्रोस्टेट, कलेजो, पेट र स्तन क्यान्सर निम्तन सक्छ । यस्तै, जौमा रगतको कोलेस्टेरोल तह पनि घटाउन मद्धत गर्छ । यहीकारण मुटुका डाक्टरले बिरामीलाई जौ खाने सल्लाह दिन्छन्। उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मुटुसम्बन्धी समस्या भएका पोस्टमेनोपज महिलाहरुले कम्तीमा पनि सातामा ६ दिन जौ उपयोग गर्न सल्लाह दिइन्छ। यसमा नियासिन (एक प्रकारको भिटामिन बी कम्प्लेक्स) पाइन्छ, जसले समग्र कोलेस्टेरोल र लिपोप्रोटीन तहलाई घटाउँछ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि