पहिलोपटक लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी

‘आफ्नै नाभीमा भएको कस्तुरीको गन्ध खोज्दै भौतारिने मृग जस्तै छौं, यहीँ हाम्रै आँगनमा यत्तिधेरै सम्पदा छन् तर सदुपयोग गर्नै सकेका छैनौं’ पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनीमा सञ्चारकर्मीहरूसँग  लुम्बिनीको महत्व र सम्भावनाका बारेमा कुरा गर्दै थिए । 

lumbini1_pLN6lk2sqI

बौद्ध दर्शनका ज्ञाता र विद्यार्थीसमेत रहेका उनी सरकारको विशेष प्रतिनिधिका रुपमा लुम्बिनीमा छन् । लुम्बिनीमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औं जयन्तीका बारेमा भइरहेको तयारीमा सघाउँदै सहकार्य गरिरहेका छन् । उनी मन्त्री भएकै बेलामा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी थियो तर त्यतिबेला हुन सकेन । 

लगत्तै लुम्बिनीको भ्रमणका आएका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी आफूहरुको पहिलो प्राथमिकतामा परेको उद्घोष गर्दै लुम्बिनीलाई नै केन्द्रमा राखेर यस क्षेत्रको पर्यटन विकास गरिने बताए । उनले लुम्बिनीमा पाँच हजार जना अट्ने सभा हल बनाउने घोषणा उतिबेलै गरेका थिए । संयोग अहिले उनै केपी ओली प्रधानमन्त्री बनेका छन् । 

पहिलोपटक लुम्बिनीमै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी पनि भइरहेको छ । उनले भनेको जस्तो पाँच हजार जना अटने सभाहल बनिसकेको छ । तर, यो अस्थायी सभा हल हो । यो सभाहल नेपाली सेनाले तयार पारेको छ । यसका लागि कोषले ४ करोड बजेट विनियोजन गरेको थियो । यसपालीको बौद्ध सम्मेलन र जयन्तीका लागि लाग्ने सबै बजेट कोषले नै जुटाएको छ । 

प्रधानमन्त्री ओलीका अतिरिक्त प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले कैयौंपटक लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन विकास गर्दै र संसारभरका बौद्धमार्गीहरुलाई पवित्र तीर्थस्थलमा आउन प्रेरित गर्ने कुरा उल्लेख गर्दै आएका छन् । यस हिसाबले पनि लुम्बिनी अहिले सबै तहका सरकारको प्राथमिकतामा परेको छ । पूर्वमन्त्री पोखरेलले भनेझैं अब आफ्नै नाभीको बास्ना खोज्दै भौंतारिनुपर्ने अवस्था आउनेछैन । अहिले लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र पारिएको छ । यसपटकको समारोह विशेष हुने कोषको दाबीसमेत छ ।

सम्मेलन वैशाख १५ देखि १७ गतेसम्म लुम्बिनीमा हुँदैछ । यो सम्मेलनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र मुख्यमन्त्रीहरुका अतिरिक्त विभिन्न २३ मुलुकका राष्ट्रिय बौद्ध संघ संस्थाहरु सहभागी हुँदैछन् । कोषका उपाध्यक्ष अबधेसकुमार त्रिपाठी (भिक्षू मेतैया) का अनुसार विभिन्न १५ देशका संस्कृति एवम् धार्मिक मामिला मन्त्रीहरु पनि यो सम्मेलनमा सहभागी हुँदैछन् ।

कोषले यसपटक विशेष प्रकारको प्रभातफेरि पनि गर्ने भएको छ । बुद्धको जन्म, बाल्यकाल र बुद्धत्वप्राप्तिलगायतका विषयको झल्को दिनेगरी झाँकी प्रदर्शन गर्ने तयारी छ । यसका लागि तीन वटा हात्तीलाई विशेष रुपमा सिंगारिने छ । वैशाख १७ गते बिहान ६ बजे हुने यो प्रभातफेरिमा प्रधानमन्त्रीसमेत सहभागी गराउने कार्यक्रम रहेको उपाध्यक्ष मेतैयाले जानकारी दिए ।

यसका अतिरिक्त अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा नेपालका १६ र विदेशका १६ गरी ३२ जना विज्ञहरुबाट बौद्ध दर्शनका बारेमा कार्यपत्र प्रस्तुत गर्नेगरी कार्यक्रमको तयारी भइरहेको कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले जानकारी दिए । यो सम्मेलनमा विशेष टिप्पणीकर्ता (वक्ताका) रुपमा पुरातत्वविद् प्रोफेसर रोबिन कनिङ हम रहने छन् । दुराम विश्वविद्यालयका यी प्रोफेसर तिलौराकोटको उत्खननका काममा सक्रिय रहेका विज्ञ हुन् । यसका साथै देश विदेशका विज्ञहरु सम्मेलनमा जुटेर लुम्बिनी घोषणापत्र जारी गर्नेछन् ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले र बुद्ध जयन्ती मूल समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । यसवर्षको सम्मेलनको नारा ‘लुम्बिनी,नेपालः भगवान् बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तिको मुहान’ रहेको छ । 

अत्याधुनिक सभाहलको तयारी

लुम्बिनीमा मुलुककै सवैभन्दा ठूलो र अत्याधुनिक सभाहल बन्ने भएको छ । यो सभाहलको इन्जिनियरिङ डिजाइनका काम पूरा भइसकेको छ । 

आगामी वैशाख १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीका हातबाटै यो सभाहलको शीलान्यास गराउने तयारीमा लुम्बिनी विकास कोष लागेको छ । 

यो सभाहल बनाउने घोषणा ओली यसअघि प्रधामन्त्री बनेका बेलामै गरेका थिए । कोषले टेन्टमुनि आयोजना गरेको बुद्ध जयन्ती विशेष समारोह हावाहुरी र वर्षात्का कारण निर्धारित समयभन्दा पाँच घन्टा ढिला शुरु भएपछि तत्कालिन प्रधानमन्त्री ओलीले एक वर्षभित्र पाँच हजार अट्ने सभाहल निर्माण गर्न भनेको उतिबेलाका रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा बौद्ध दर्शनका ज्ञाता विष्णुप्रसाद ढकालले बताए । 

कोषले प्रधानमन्त्रीको निर्देशन बमोजिम सभाहल निर्माण गर्ने निर्णय तत्काल गरेपनि लुम्बिनीमा बन्ने सभाहल अत्याधुनिक र बहुउपयोगी हुनुपर्ने ठहर गर्दै परामर्शदाता छनोट गरेर काम थालेको थियो । सभाहलको परामर्शका लागि छनोट भएको काठमाण्डौंस्थित श्रेष्ठ कन्सल्ट्यान्टले केही महिना अघि सभाहलको विस्तृत डिजाइन र लागत स्टिमेट पेश गरेको थियो । त्यस लगत्तै कोषले सभाहल निर्माणका लागि ठेक्का गरेको थियो ।

अनक/अर्घाखाँची/बाबुल जेभीले सभाहल निर्माणको ठेक्का पाएको छ । 

लुम्बिनीमा निर्माण हुने सभाहल गुम्वा आकारको हुनेछ । गोलो सभाहलमा ठूलाठूला राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा समारोह र ठूलाठूला ध्यान शिविरहरु समेत आयोजना हुनेछन् । सभाहललाई सानो ठूलो आकारमा विभाजन गर्न मिल्ने प्रविधिसमेत जडान हुनेछ ।

दुई वर्षभित्र सक्ने योजना रहेको यो सभाहलको निर्माण परामर्शदाता कम्पनीका इन्जिनियरहरुकै रोहवरमा हुने कोषका योजना प्रमुख ई.  भट्टराइले बताए । त्यसो हुँदा सभाहल निर्माण छिटो सकिनेछ । काठमाण्डौंको वानेश्रस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भन्दा ठूला सार्वजनिक सभाहलहरु नेपालमा छैनन् । काठमाण्डौंको भन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा निर्माण भइरहेको छ तर यो सभाहल लुम्बिनीमा बन्ने सभाहलको तुलनामा सानो छ । 

 

गुरुयोजना पूरा हुन अझै पाँच वर्ष लाग्ने

४० वर्षअघि शुरु भएको लुम्बिनी गुरुयोजनाका काम अझै पूरा भएका छैनन् । गुरुयोजनाअनुरुपका काममा ढिलासुस्ती भएको भन्दै कैयौं पटक गुनासाहरु आइरहेपनि कामले तीव्रता पाउन सकेको छैन ।

लुम्बिनी र बुद्धसंग सम्बन्धित कपिलवस्तु र नवलपरासीका क्षेत्रलाई समेत समेटेर ग्रेटर लुम्बिनी बनाउने काममा सरकार केन्द्रित भएको छ । कोषका उपाध्क्ष अबधेसकुमार त्रिपाठीका अनुसार कोषको यो गुरुयोजना पूरा हुन कम्तीमा अझै पाँच वर्ष लाग्छ । जापानी प्रोफेसर केन्जो टांगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै

उम्मेदवार छनोटमा आर्थिक घोटाला भएकाले रास्वपामा बस्न सकिनँ’:प्रणयशमशेर राणा

फागुन १, २०८२, काठमाडौं।  पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र