डा. गोविन्द केसीसहितका अभियन्ताले सरकारले वैशाख २ गते सूचना जारी गरेका काठमाडौंका विभिन्न स्थानमा गरेको निषेधाज्ञा फिर्ता नलिए अवज्ञा गरी नागरिक स्वतन्त्रताको अभ्यास गर्ने चेतावनी दिएका छन् । गृहमन्त्री रामबहादुर थापा बादलसमक्ष बुझाइएको ज्ञापनपत्रमा सरकारका तर्फबाट वैशाख २ गतेको सूचनामार्फत गरिएको निषेधित क्षेत्र घोषणा नागरिक स्वतन्त्रतता विरुद्धको कार्य भएकाले हुँदा तत्काल फिर्ता लिन अपिल गरिएको छ ।
अन्यथा, नागरिकले निषेधित क्षेत्र घोषणाको अवज्ञा गरी नागरिक स्वतन्त्रताको अभ्यास यथावत रुपमा गर्ने जानकारी ज्ञापनपत्रमार्फत गराइएको छ ।
डा. केसीहित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, अधिवक्ता ओमप्रकाश अर्याल लगायत रहेका छन् ।
तत्कालिन राजा ज्ञानेन्द्रको निरंकुशताको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना, सुशासन, मानवअधिकार र विधिको शासनको प्रवद्र्धनमा माइतीघर मण्डला लगायतका सार्वजनिक स्थानहरुमा भएका आम नागरिकका शान्तिपूर्ण भेला, प्रदर्शनसहितका अभियानहरुको अतुलनीय योगदान रहेकाले निषेधित क्षेत्र घोषणाले उक्त योगदानको अवमुल्यन गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको
काठमाडौँ, साउन २६ — नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व
काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका