नेपाल, चीन र भारत स्वभाविक मित्र र साझेदार हुन् : चिनियाँ विदेशमन्त्री

चीनको पाँच दिने भ्रमणमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन्। भेटपछि संयुक्त पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले हिमालयपार आधुनिक रेलमा यात्रा गर्ने आफ्नो सपना भएको बताएका छन्।

images_cms-image-000045863‘व्यक्तिगत रुपमा नेपालबाट चीनसम्म हिमालयपार आधुनिक रेलमा हिमालयको सुन्दर दृश्यपान गर्दै यात्रा गर्ने मेरो एउटा सपना छ,’ ज्ञवालीले भने।

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र भारतबीचको सहकार्यको स्वभाविक क्षेत्र नेपाल भएको बताए। उनले भारतलाई त्रिदेशीय कनेक्टिभिटीसम्बन्धी परियोजनाहरुमा सहभागी हुन पनि निम्त्याए।

‘मलाई विश्वास छ, चीन, नेपाल र भारत स्वभाविक रुपमा मित्र र साझेदार हुन्। हामी उही हिमाल र उही नदीले जोडिएका छिमेकी हौँ। हामीले चीनमा भन्ने गरेझैँ परिवारका सदस्य र छिमेकीहरु एकअर्काको भलो चाहन्छन्,’ वाङले भने।

नले चीन र भारतबीचको साझेदारीको हिस्सेदार नेपाल भएको पनि बताए। नेपालको सहयोगको चाहनालाई चीन र भारत दुवैले समर्थन गर्नुपर्छ,’ उनले थपे।

वाङले बिआरआइ अन्तर्गत नेपाल र चीन हिमालयपार कनेक्टिभिटी सञ्जाल विकास गर्न सहमत भएको उल्लेख गर्दै त्यस्तो सञ्जाल पछि विकसित भएर त्रिदेशीय आर्थिक करिडोर बन्नसक्ने बताए। ‘हामीलाई आशा छ यस्तो सहकार्यले तीनै देशको विकास र समृद्धिमा योगदान पुर्‍याउनेछ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित