बन्यो आत्माको आवाज सुन्ने यन्त्र (भिडियोसहित)

अनुसन्धानकर्ताहरु एउटा यस्तो यन्त्र बनाउन सफल भएका छन्, जसले तपाईंको आत्माको आवाज सुन्न सक्छ। छक्क नपर्नुहोला, यो हेड सेट लगाएपछि तपाईंको मनभित्रको कुरा बुझ्न मुख खोलिराख्नै पर्दैन तर मनमनै भने तपाईंले ती शब्द उच्चारण गर्नुपर्ने हुन्छ।

images_cms-image-000045253

कतिसम्म भने तपाईं नबोलिकनै त्यो यन्त्रलाई नियन्त्रण गर्न र प्रश्नहरु सोध्न सक्नुहुन्छ।

अल्टरइगो नाम दिइएको यो यन्त्रले छालामा लगाइएको इलेक्ट्रोड्सको सहयोगले तपाईंले आवाज ननिकाली उच्चारण गरेका शब्दहरु लिपिबद्ध गर्न सक्दछ।

‘हामी त्यस्तो कम्प्युटिङ प्लाटफर्म निर्माण गर्न चाहन्थ्यौँ, जसले मानिस र यन्त्रलाई त्यसरी मिलाइदियोस्, मानौँ, त्यो आफ्नै अनुभूतिजस्तो महसुस होस्,’ एमआइटीको मिडिया ल्याबमा यो यन्त्रको विकास गर्ने कामको नेतृत्व गरेका अरनब कपुर भन्छन्।

यो हेडसेट एक प्रकारको ‘इन्टेलिजेन्स अगुमेन्टेसन’ अर्थात् आइए डिभाइस भएको बताउँछन्। कानको पछाडिपट्टिबाट अड्याएर यसलाई बंगारा र चिउँडोमा लगाइन्छ।

सेतो प्लास्टिकभित्र रहेको चार ओटा इलेक्ट्रोड्स छालामा टाँसिन्छ, जसले स्नायुमांसपेशीबाट सूक्ष्म संकेत लिन्छ। तपाईंले मनमनै कुनै पनि शब्द उच्चारण गर्दा मांशपेसीमा यस्तो संकेत उत्पन्न हुनेगर्छ। जब कुनै व्यक्तिले मनमनै कुनै शब्द उच्चारण गर्दछ सो यन्त्रमा भएको आर्टिफिसियल इन्टेलिजेन्सले ती शब्द संकेतलाई कम्प्युटरमा पठाउन सक्छ।

त्यसपछि कम्प्युटरले बोन कन्डक्सन स्पिकरको माध्यमबाट प्रतिक्रिया दिनसक्छ। यसो गर्दा यो यन्त्र लगाएको मानिसले इयरफोन लगाउनु पर्दैन। फलस्वरुप ऊ बाहिरी आवाज पनि सुन्न सक्दछ। यसो गर्दा मान्छे र अल्टर इगो दुवैले कुनै पनि बाहिरी आवाज उत्पन्न नगरी आपसमा बोल्न र सुन्न सक्दछन्।

‘हामी आफ्नो सेलफोन वा डिजिटल डिभाइसबिना बाँच्न नसक्ने भएका छौँ। तर तिनले ध्यान हटाइदिन्छन्,’ एमआइटीकी प्राध्यापक प्याटी माइस भन्छिन्। ‘कुराकानी गर्दागर्दै त्यसैसम्बन्धी कुनै कुरा मैले हेर्नुपर्‍यो भने पहिले फोन झिक्नपर्‍यो, पासकोड टाइप गरेर कुनै एप खोल्नुपर्‍यो र सर्च गर्न शब्द टाइप गर्नुपर्‍यो। यी सारा गर्दा मेरो ध्यान भइरहेको कुराकानीबाट हट्न पुग्छ।’

माइस र कपुरसहितका उनका विद्यार्थीहरुले दैनिक जीवनमा स्मार्टफोनले जस्तो अवरोध सिर्जना नगरी प्रयोग गर्न मिल्ने उपकरणबारे प्रयोग गरिरहेका थिए।

१० जनामा १५ मिनेटका दरले गरिएको प्रयोगमा अल्टरइगोले औसत ९२ प्रतिशत सही ट्रान्सक्राइब गर्न सफल भएको थियो। गुगलको भ्वाइस ट्रान्सक्रिप्सनले भने ९५ प्रतिशतभन्दा बढी सही ट्रान्सक्राइब गर्न सक्छ। यद्यपि समय बित्दै जाँदा अल्टरइगोको क्षमता वृद्धि हुने कपुर बताउँछन्।्

कपुर र उनको टोली अहिले अल्टर इगोले अझ बढी शब्दहरु पत्ता लगाउन सकोस् भनेर तथ्यांक संकलन गरिरहेका छन्।

यसको विकासको उद्देश्य भनेको गुगलको असिस्टेन्ट, अमेजनको एलेक्सा अथवा एप्पलको सिरीजस्ता एआइ सहयोगीहरुसँगको अन्तर्क्रिया सहज बनाउनु हो। यसको एउटै अप्ठ्यारो भनेको प्रयोगकर्ताले अनुहारमा टाँसिएको डिभाइस लगाउनै पर्छ। तर विज्ञहरुले यो प्रविधिमा ठूलो सम्भावना रहेको बताएका छन्।

यसलाई व्यक्तिगत, औद्योगिक, प्रेसदेखि लिएर सैन्य प्रयोग गर्न सकिने विज्ञहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता

मिसइन्फर्मेसन र डिसइन्फर्मेसनले सामाजिक सद्भाव खल्बल्याउँदैछः आइजीपी कार्की

काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा