पोखरा, २७ चैत : बिरौटा चोकको बिजुलीको पोलमा एक्कासी आगो लागेपछि स्थानीय बासिन्दाहरुले दमकल र प्रहरीलाई खबर गरे । खबर गरेको केही समय पछि आगो निभाउन दमकल आइपुग्यो भने प्रहरी पनि घटना स्थलमा आए ।
एकातर्फ बिजुलीको पोलमा आगोले ठुलो रुप लिन थालिसकेको थियो भने अर्को तर्फ स्थानीयहरु आत्तिरहेका थिए । दमकलको प्रतिक्षामा रहेका स्थानीयले दमकल आएपछि सजिलै आगो नियन्त्रणमा लिने आशा गरिरहेका थिए ।
केहीसमय पछि पोखरा महानगरपालिकाको दमकलले आगो निभाउन प्रक्रिया थाल्यो । दमकलबाट पाइप निकाले र आगो निभाउने प्रयास गर्दा पो थाहा भयो दमकलमा पानी नै रहेनछ । यो घटनाले स्थानीय बासिन्दाहरु एकैछिन अचम्ममा नै परे भने रिस र हाँसोको माहौल बनेपछि के भन्ने नभन्ने दोधारमा परे ।
अन्तत दमकल पानी लिन हिड्यो, स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिए ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित