काठमाडौँ, चैत १२ ।सरकारले विभिन्न ठाउँमा बलात्कारबाट पीडित भएकाहरुको उपचार खर्च ब्यहोर्ने भएको छ । यस्तै, निर्वाचनका क्रममा बम विस्फोटमा परी घाइते भएकाहरुको समेत उपचार गर्ने निर्णय गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्थानीय प्रशासनको मुचुल्का अनुसार र अस्पतालको बिल अनुसार बलात्कार पीडित तथा बम विस्फोटबाट घाइते भएकालाई उपचार सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रंविधि राज्य मन्त्री गोकुल बास्कोटाले बताएअनुसार सरकारले घर बहाल दोहोरो कर नलाग्ने अर्थ मन्त्रालयको प्रस्ताव पारित गरिएको छ । अब घर बहाल कर स्थानीय तहले मात्र उठाउन पाउनेछ ।
यस्तै, रानी जमरा लम्की परियोजना सञ्चालन गर्न क्षतिपूर्तिसम्बन्धी व्यवस्था गरिएको छ ।

सरकारले पुरानो व्यवस्था कायम राख्दै जिल्ला समन्वय समितिका प्रमुखलाई पनि कुटनीतिक राहदानी उपलब्ध गराउने तथा गाउँपालिकाका अध्यक्षलाई विशेष राहदानी उपलब्ध गराउने निर्णय गरेको छ ।
यसैगरी बाराका अच्युत मैनालीलाई राज्यमन्त्रीको सुविधासहित प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार र विशिष्ट श्रेणीको सेवा सुविधानसहित प्राध्यापक कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको छ ।
१३ जना महासेनानीको २ वर्षका लागि म्याद थप भएको छ ।
बैठकले यही चैत १५ गते ४ बजे राष्ट्रपतिले संसदको दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको पनि सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन