March 24, 2018

मन्त्री बनेका माओवादी नेता जिम्मेवारीबाट हटाईए

 

काठमाडौं, चैत १० ।माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्री बनेका र संसदमा महत्वपुर्ण जिम्मेवारी पाएका नेतालाई माओवादीले पार्टी जिम्मेवारीबाट हटाएको छ ।

शनिबार बिहान बसेको बैठकले संगठनात्मक जिम्मेवारीमा हेरफेर गरेको हो । नयाँ जिम्मेवारी अनुसार प्रदेश–१ मा राम कार्की, प्रदेश -२ मा विश्वनाथ साह, प्रदेश-४ मा हितराज पाण्डे, प्रदेश-५ मा मणि थापा, र प्रदेश -६ मा जनार्दन शर्मालाई ईन्चार्ज बनाइएको छ ।

प्रदेश-३ मा हितमान शाक्य र प्रदेश -७ मा लेखराज भट्टलाई भने यथावत राखिएको छ ।

प्रदेश-१ का गोपाल किराँतीले पार्टी छोडेको, प्रदेश-२ का मातृका यादव, प्रदेश-५ का वर्षामान पुन र प्रदेश-६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश-४ का देव गुरुङ प्रमूख सचेतक बनेका कारण जिम्मेवारी हेरफेर गरिएको बताईएको छ ।

एमालेसँग पार्टी एकताको गृहकार्य भेरहेका बेला माओवादीले पार्टी नेताहरुको जिम्मेवारी हेरफेर गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन