March 13, 2018

प्रधान न्यायाधीश बिरुद्ध ८ न्यायाधीशहरु उत्रिए !

काठमाडौं, फागुन २९ । सर्वोच्च अदालतका न्यायधीश चोलेन्द्र समशेर जवराले इजलास बहिष्कार गरेको एकदिन पछि थप आठ जना न्यायधीशले इजलास बहिष्कार गरेका छन् ।

आफूहरूको सुझाव विपरित प्रधान न्यायाधीश पराजुलीले न्याय सम्पादनबाट अलग हुन नमानेपछि आठजना न्यायधीशले इजलास बहिष्कार गरेको सर्वोच्च स्रोतले जनाएको छ । उनीहरु आजका लागि तोकिएका कुनैपनि इजलासमा सहभागी भएनन्।

यसरी इजलास बहिष्कार गर्ने न्यायाधीशहरुमा हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्द मोहन भट्टराई, ईश्वर खतिवडा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, दीपकराज जोशी र प्रकाशसिंह राउत छन्।

प्रधानन्यायाधीश गोपाल पराजुलीले मंगलबारका लागि ११ इजलास तोकेका थिए। सर्वोच्चमा सामान्यतया बिहान ११ बजेपछि तोकिएको इजलासमा बहस सुरु हुन्छ। तर बिहानै देखि आठ न्यायाधीश इजलास गएका थिएनन्।

प्रधानन्यायाधीश पराजुलीको इजलास बहिष्कार गरेका न्यायाधीश चोलेन्द्रशमशेर जबराको भने आज इजलास तोकिएको थिएन।

बाँकी इजलासमा भने बहस जारी छ। प्रधानन्याधीश पराजुलीसहित न्यायाधीशहरू तेजबहादुर केसी, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाही, दीपककुमार कार्की र टंक मोक्तान, केदारप्रसाद चालिसे र सारदाप्रसाद घिमिरे, पुरुषोत्तम भण्डारी, मिरा खड्का र बमकुमार श्रेष्ठको इजलास बसिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कानुन व्यवसायीको धर्म

रामनारायण विडारी  ६ जेठ २०८१, आइतबार नेपालको संविधान लागु भएको आठ वर्ष नाघिसकेको छ ।

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको