March 8, 2018

फोरमले धोका दिएपछि पारपाचुकेतिर मधेसी गठबन्धन !

 

काठमाडौैं । मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ । फोरम सुटुक्क वाम गठबन्धनसंग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ । फोरमले मधेशको मुद्दामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् । मधेशको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समूह छ ।

 

त्यो समूहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको आरोप लगाउन थालेको छ । फोरम र राजपाले २ नं प्रदेशमा मिलेर सरकार बनाएका छन् । फोरम केपी ओली नेतृत्वको सरकारमा गएको खण्डमा उसलाई मधेशविरोधी करार गर्दै २ नम्बर प्रदेशको सरकारबाट राजपा अलग हुनसक्ने देखिन्छ ।

 
राजपाले पहिलो र दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा दल दर्तासमेत गरेन । तर मधेश मुद्दामा संगै रहेको फोरमले सुटुक्क आयोगमा दल दर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिएर ५ नम्बर प्रदेशका केही सिट जितेको थियो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा सुटुक्क दल दर्ता गरेर धोका दिएको फोरमले ओली सरकारमा जाने बिषयमा पनि राजपालाई पत्तो नदिएको आरोप छ ।
फोरम सरकारमा जान लागेकोबारेमा राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भने–‘फोरम सरकारमा जाने नजाने कुरा उसको कुरा हो । राजपाले सरकारमा जानेबारेमा हामीले कसैस“ग वार्ता गरेको छैन । संसदमा ५ वटा राष्ट्रिय पार्टी छन् । अरु पनि ४ वटा पार्टी छन् । सबै पार्टी आ–आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । सरकारमा जाने नजाने निर्णय उनीहरुले गर्नसक्छन् ।’
फोरम र सरकारबीच वार्ता अन्तिम चरणमा पुगेको छ । फोरमले सरकारमा अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो बरियता र तीन  वटा मन्त्रालय मागिरहेको छ भने सरकार २ वटा मन्त्रालय दिने अडान लिइरहेको छ । सरकारले फोरमलाई तेस्रो बरियता र परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने पक्षमा प्रधानमन्त्री केपी ओली छन् ।

 

फोरमलाई सरकारमा ल्याउनका लागि  १ राज्यमन्त्री पनि दिने पक्षमा सरकार लचिलो भएको समाचार छ । एमालेका भागमा परेका १० मन्त्रालय र माओवादीको भागमा परेको ७ मध्ये एक एक वटा काटेर फोरमलाई दिन लागिएको छ । फोरम सरकारमा समावेश भए ओली सरकार दुईतिहाई भन्दा बढी बहुमत हुनेछ । फोरमलाई सरकारमा ल्याउन सकेमा २७५ सदस्यीय प्रतिनिधिसभामा ओली सरकारको पक्षमा १९० सांसद हुनेछन् । १३८ सांसद भए बहुमत पुग्नेछ भने १८४ भए दुईतिहाई संख्या पुग्नेछ  ।
त्यसो त राजपामा पनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र यादव ओली सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । तर अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु शरदसिंह भण्डारी र राजकिशोर यादव सरकारमा जानु नहुने पक्षमा छन् । राजपाको एक पक्ष वाम गठबन्धनसंग मिलेरमात्र मधेशको मुद्दा सम्बोधन हुने भएकाले सरकारमा जाने पक्षमा छ भने अर्को समूह कांग्रेसको एजेन्डामा जानुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन