March 8, 2018

फोरमले धोका दिएपछि पारपाचुकेतिर मधेसी गठबन्धन !

 

काठमाडौैं । मधेश केन्द्रित दलहरु राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमबीच पारपाचुके हुने भएको छ । फोरम सुटुक्क वाम गठबन्धनसंग मिलेर सरकारमा जान लागेको आरोप राजपाले लगाउन थालेको छ । फोरमले मधेशको मुद्दामा धोका दिएर सरकारमा जान लागेकोमा राजपाका नेताहरु रुष्ट भएका छन् । मधेशको माग संविधान संशोधन हो, ओली सरकार संविधान संशोधनमा अनुदार भएकाले सरकारमा जानु नहुने पक्षमा राजपाको एक समूह छ ।

 

त्यो समूहले सरकारमा जान छिर्के दाउ हानेर फोरमले धोका दिएको आरोप लगाउन थालेको छ । फोरम र राजपाले २ नं प्रदेशमा मिलेर सरकार बनाएका छन् । फोरम केपी ओली नेतृत्वको सरकारमा गएको खण्डमा उसलाई मधेशविरोधी करार गर्दै २ नम्बर प्रदेशको सरकारबाट राजपा अलग हुनसक्ने देखिन्छ ।

 
राजपाले पहिलो र दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगमा दल दर्तासमेत गरेन । तर मधेश मुद्दामा संगै रहेको फोरमले सुटुक्क आयोगमा दल दर्ता गरी स्थानीय तहको निर्वाचनमा भाग लिएर ५ नम्बर प्रदेशका केही सिट जितेको थियो । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा सुटुक्क दल दर्ता गरेर धोका दिएको फोरमले ओली सरकारमा जाने बिषयमा पनि राजपालाई पत्तो नदिएको आरोप छ ।
फोरम सरकारमा जान लागेकोबारेमा राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले भने–‘फोरम सरकारमा जाने नजाने कुरा उसको कुरा हो । राजपाले सरकारमा जानेबारेमा हामीले कसैस“ग वार्ता गरेको छैन । संसदमा ५ वटा राष्ट्रिय पार्टी छन् । अरु पनि ४ वटा पार्टी छन् । सबै पार्टी आ–आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । सरकारमा जाने नजाने निर्णय उनीहरुले गर्नसक्छन् ।’
फोरम र सरकारबीच वार्ता अन्तिम चरणमा पुगेको छ । फोरमले सरकारमा अध्यक्ष उपेन्द्र यादवलाई दोस्रो बरियता र तीन  वटा मन्त्रालय मागिरहेको छ भने सरकार २ वटा मन्त्रालय दिने अडान लिइरहेको छ । सरकारले फोरमलाई तेस्रो बरियता र परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दिने पक्षमा प्रधानमन्त्री केपी ओली छन् ।

 

फोरमलाई सरकारमा ल्याउनका लागि  १ राज्यमन्त्री पनि दिने पक्षमा सरकार लचिलो भएको समाचार छ । एमालेका भागमा परेका १० मन्त्रालय र माओवादीको भागमा परेको ७ मध्ये एक एक वटा काटेर फोरमलाई दिन लागिएको छ । फोरम सरकारमा समावेश भए ओली सरकार दुईतिहाई भन्दा बढी बहुमत हुनेछ । फोरमलाई सरकारमा ल्याउन सकेमा २७५ सदस्यीय प्रतिनिधिसभामा ओली सरकारको पक्षमा १९० सांसद हुनेछन् । १३८ सांसद भए बहुमत पुग्नेछ भने १८४ भए दुईतिहाई संख्या पुग्नेछ  ।
त्यसो त राजपामा पनि अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, अनिलकुमार झा र महेन्द्र यादव ओली सरकारमा जानुपर्ने पक्षमा रहेका छन् । तर अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर, सदस्यहरु शरदसिंह भण्डारी र राजकिशोर यादव सरकारमा जानु नहुने पक्षमा छन् । राजपाको एक पक्ष वाम गठबन्धनसंग मिलेरमात्र मधेशको मुद्दा सम्बोधन हुने भएकाले सरकारमा जाने पक्षमा छ भने अर्को समूह कांग्रेसको एजेन्डामा जानुपर्ने पक्षमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने