नेकपा एमालेले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेपछि भण्डारीले बानेश्वरस्थित संघीय संसद् भवनमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
भण्डारीको प्रस्तावकमा एमाले नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल, माओवादी नेत्री एवम् पूर्वसभामुख ओनसरी घर्ती तथा समर्थकमा माओवादी नेता एवम् गृहमन्त्री रामबहादुर थापा बादल, एमाले सांसद भानुभक्त ढकाललगायत छन् ।
भण्डारीभन्दा अगाडि कांग्रेस उम्मेदवार कुमारीलक्ष्मी राईले उम्मेदवारी दर्ता गराएकी थिईन् । उनको प्रस्तावकमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घले लगायत समर्थक छन् ।
एमालेले विद्या भण्डारीलाई नै दोहोर्याउने निर्णय गरेपछि प्रतिपक्षी नेपाली कांग्रेसले राईलाई राष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको थियो ।

राई पञ्चायत कालमा हत्या गरिएका भोजपुरका कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । २०१५ सालमा निर्वाचित सांसद देवानसिंह वीपी कोइराला सरकारमा सहायक मन्त्री बनेका थिए ।
निर्वाचन आयोगले यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज अपराह्न ३ बजेसम्म मनोनयनका लागि समय तोकेको छ । संघीय संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेको छ । तसर्थ राष्ट्रपति निर्वाचनमा भण्डारी नै पुनः दोहोरिने निश्चित छ ।
काठमाडौं, फागुन २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र
फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै
फागुन १, २०८२, काठमाडौं। पूर्व उम्मेदवार प्रणयशमशेर राणाले उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितता र आन्तरिक
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र