February 16, 2018

डिभिजन–२ को उपविजेता बन्यो नेपाल , सन्दीप बने सर्वोत्कृष्ट खेलाडी !

 

 

फल्गुण ४,काठमाडौँ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स युएइसँग फाइनलमा पराजित हुँदा उपविजेतामा सीमित बनेको छ ।नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । 

नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शतक पूरा गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । कप्तान पारसले ११२ रनको योगदान दिए । एक सय तीन बल खेलेका पारसले आठ छक्का र ३ चौकाको मद्दतमा अविजित ११२ रन बनाए । त्यसैगरी उपकप्तान ज्ञानेन्द्र मल्लले २४, दिलीप नाथले १३, दीपेन्द्रसिंह ऐरीले ३५, शरद् भेषवाकरले ३०, आरिफ शेखले ७ र रोहितकुमार पौडेलले २३ रन जोडे भने करण केसीले ३, सोमपाल कामीले ६ तथा वसन्त रेग्मीले ५ रन जोडे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित ५० ओभरमा चार विकेट गुमाउँदै २७७ रन बनाएको थियो । युएइका लागि शुरुआती ब्याट्सम्यान अस्फाक अहमेदले शतकीय पारी खेले । एक सय २३ बल खेलेका उनले तीन छक्का र १० चौकाको मद्दतमा ११४ रन जोडे । यस्तै कप्तान रोहन मुस्ताफाले ५१, साइमन खनवरले ४० तथा रमिद शहजादले अविजित ४१ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सोमपाल, वसन्त र सन्दीप लामिछानेले १–१ विकेट लिए । लिग चरणको खेलमा नेपालले युएइलाई ४ विकेटले पराजित गरेको थियो । सो जीतसँगै युएइले लिग चरणमा नेपालसँग हारेको बदलासमेत लिएको छ । १७ विकेट लिएका सन्दीप म्यान अफ द टुर्नामेन्ट बन्न सफल भएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन