February 13, 2018

एनसेलका टावरमाथि देशब्यापी आक्रमण : कहिं आगजनी, कहिं बम विस्फोट

काठमाडौं, फागुन १ ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको पुर्बसन्ध्यामा एनसेल कम्पनीमाथि देशब्यापी आक्रमण गरेको छ ।

राज्यलाई तिर्न पर्ने २२ अर्ब राजस्व बुझाउन पटक पटक नेकपाले गरेको आग्रह अस्वीकार गर्दै आएको एनसेलका देशैभर रहेका एनसेलको टावरमाथि नेकपाले एकैसाथ तोडफोड तथा  आगजनी गरेको स्रोतले जनाएको छ ।

नेकपाले काठमाण्डौमा रहेका एनसेलका दुई ओटा टावर, भत्तपुरमा रहेको एउटा टावरमाथि आक्रमण गरेको छ । उता ईटहरी उपमहानगरपालीका वडा नम्बर ११ खनारमा रहेको एनसेल टावरमा आक्रमण गरेर ध्वस्त पारेको छ । त्यस्तै धनकुटा नगरपालिका वडानम्बर ११ थुम्किडाडा स्थित रहेको एनसेल टावरमा पनि आक्रमण भएको छ ।

यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका २ चपौली , मिथिला बिहारी नगरपालिका २ सिरशैया पत्तथरकोट धनुषा, कंचनपुरको बेदकोट र शुक्लाफाँटा टावर, डडेल्धुराको काफलीमा रहेको क्षेत्रीय टावर, कैलालीको टिकापुर र जानकिनगर टावर, सुर्खेतको तिनवटा टावर र जाजरकोटमा दुईवटा टावरमा पनि तोडफोड र आगजनी गरेको छ ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका लिङ्ला पत्ताले डाँडा तथा रोल्पाको माडी गाउँपालिका वडा नं. ६ को मेनैस्थित एनसिएलको टावरमा समेत आक्रमण गर्दा टावर ध्वस्त भएको छ ।

विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ । साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ ।

यता, पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति कुकर बम विस्फोट गराईएको छ ।

रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो ।

विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगेपनि टावरमा भने केही नभएको उनले बताए ।

 स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो ।

प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए ।

घटनापछि आफूले पूर्वी क्षेत्रमा रहेका अधिकांश बिटिएस निरीक्षण गर्दा सुरक्षाको व्यवस्था सम्बन्धित कम्पनीले नगरेको पाइएको उनले बताए ।

एनसेल टावरको आक्रमणका कारण ती क्षेत्रहरुमा एनसेल सेवा अबरुद्ध भएको पनि जनाईएको छ । गत वर्ष पनि नेकपाका कार्यकर्ताले एनसेलमाथि देशव्यापी आगजनी गरी करोडौंकोे क्षती पुर्याएका थिए ।

एनसेलले २२ अर्ब राजस्व नतिरेको, दलालहरुले राष्ट्रिय पुजीलाई विदेश पलायन गराएको, सिमको चार्ज शुल्क महङ्गो बनाएर ग्राहकलाई शोषण गरिराखेकोले कारबाही गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सामाजिक मर्यादा ध्वस्त बनाउने घृणाको राजनीति नियन्त्रण गर्छौं : प्रधानमन्त्री

फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।

सर्वोच्चको आदेशलाई लत्याउँदै धादिङ थाँक्रेमा अवैध ढुंगा उत्खनन्

काठमाडौं । धादिङको थाँक्रे गाउँपालिका ७ स्थित सातकिल्लामा सर्वोच्च अदालतको अन्तरिम आदेशलाई अवहेलना हुने गरि

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक

सत्ताका लागि राष्ट्रियताका अहितमा कुनै सम्झौता गरिदैन : प्रधानमन्त्री

 कात्तिक ११, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सौदाबाजीका लागि राष्ट्रियताका हितका प्रश्नमा कुनै सम्झौता नगरिने

प्रधानमन्त्रीको सम्बोधन “सरकार ढल्ने दिवा सपना नदेख्नआग्रह” (पूर्ण पाठसहित)

कात्तिक ७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास