February 9, 2018

कारसहितको ‘हेभी’ रकेट अन्तरीक्षमा प्रक्षेपण

 एजेन्सी, माघ २६


 

अमेरिकी उद्यमी इलोन मस्कले ‘द फल्कन हेवी’ नामको नयाँ रकेट प्रक्षेपण गरेका छन्। अमेरिकाको फ्लोरिडास्थित केन्नडी अन्तरिक्ष केन्द्रबाट स्थानीय सयमअनुसार मंगलबार यो रकेट प्रक्षेपण गरिएको हो।

यो त्यहीँ ठाउँ हो जहाँबा पहिलो पटक मानिस चन्द्रमा जान उडेका थिए।यो रकेटको भार बोक्ने क्षमता ६४ हजार किलोग्राम रहेको छ। यस्ताे गह्राैँ रकेट प्रक्षेपण गरिनुलाइ धेरैले ‘क्रेजी’ भन्दै टिप्पणी गरेका थिए। तर रकेट सफलतापूर्वक प्रक्षेपण भएकाे छ।

प्रक्षेपण गर्नुपूर्व रकेट

प्रति सेकेन्ड एघार किलोमिटरको दरमा आकाशतिर लागेको यो रकेट निजी कम्पनी ‘स्पेसएक्स’ले प्रक्षेपण गरेको हो। आन्ध्र महासागरमाथि हुँदै अन्तरीक्षतर्फ गएको रकेटको प्रक्षेपण हेर्ने करिब दस हजार मानिस फ्लोरिडा पुगेका थिए। जसमा चन्द्रमा पुग्ने दोस्रो व्यक्ति बज एडरिन पनि रहेका थिए। उनी पनि सोही लञ्च प्याडको प्रयोग गर्दै निल आर्मस्टोङसँगै चन्द्रमामा गएका थिए।

सफलतापूर्वक प्रक्षेपण गरिएकाे रकेट

यसअघि ठूलो रकेट सोभियत संघसँग शीत युद्ध चुलिएकाे बेला अमेरिकाले स्याट्रन भी पठाएको थियो।

स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत मस्कले सफलतापूर्वक प्रक्षेपणको संभावना आधा मात्रै रहेको बताउँदै अाएका थिए। ७० मिटर लामो अर्थात २३ तला अग्लो रकेटमा स्टेला कार पनि राखिएको छ। जसको सीटमा अन्तरिक्षयात्रीको पहिरन एकमा हुनेछ।

रकेटभित्र राखिएकाे स्टेलाकाे कार

योजना गरेअनुसार रकेटले सबै चरण सफलतापूर्वक पार गरेमा यो कारलाई सूर्य नजिकैको कक्षमा छाडिने छ। योसँग अन्तरिक्षमा पुग्ने पहिलो कार बन्नेछ।  त्यो स्थान भनेकाे पृथ्वीबाट मंगलग्रह जति नै टाढा हो। स्पेसएक्स र स्टेला दुवै कम्पनी अरबपति व्यवसायी मस्ककै हो।

मस्क फल्कन हेवी जस्तो ठूलो रकेटको प्रयोग मंगलग्रहका अभियानका लागि प्रयोग गर्न चाहान्छन्। २७ इन्जिन रहेको यो ठूलो रकेट बनाउने घोषणा मस्कले सात वर्षअघि गरेका थिए। उनले सन् २०१३ मै यो प्रक्षेपण घोषणा गरेका थिए।

फल्कन एक्सको एक पटको प्रक्षेपणको मूल्य ९ करोड अमेरिकी डलर अर्थात ९ अर्ब १८ करोड रुपैयाँ छ। रकेटको प्रक्षेषणपछि मस्कले नयाँ अन्तरिक्ष दौड शुरु होस् भन्ने चाहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष