February 5, 2018

‘सरकारी संस्थादेखि अस्पताल र उद्योगसमेत विद्युत महसुल तिर्दैनन्’

माघ २२, काठमाडौँ ।कुलमान घिसिङ विद्युत् प्राधिकरणमा आएसँगै वर्षौँदेखि विद्युतमा कालोबजारी गर्नेहरुको दिन गयो । विद्युत् व्यवस्थापन गर्न नसक्ने कर्मचारी, लोडसेडिङको मौकामा कालो धन्दा गर्ने इन्भर्टर, ब्याट्री ब्यापारीहरु धमाधम सुके ।

दशकौंदेखि दैनिक १८ घण्टासम्म अँध्यारोमा बस्न विवश राजधानीबासीलाई कुलमान ‘भगवान्’ नै बनेर आए । त्यत्ति मात्र हैन, हरेक वर्ष करोडौं घाटामा जाने विद्युत् प्राधिकरण समेत तङ्ग्रिदै आएको छ ।

प्राधिकरणका महानिर्देशक घिसिङले विद्युत् चुहावट नियन्त्रण गर्न र थोत्रा भईसकेका ट्रान्समिटर फेर्न ठुलो कसरत गरे । मिटर उल्टो घुमाएर प्राधिकरणलाई टाट पल्टाउने मिटर रिडरको कठालो समाते । कूलमानको कार्य कुशलतामा तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले समेत साथ दिँदै झोलामा खोला बोक्नेहरुका लाइसेन्स समेत खारेज गरे । अहिले त्यसैको प्रतिफल राजधानीबासीले उज्यालोमा बस्न पाएका छन् ।

तर, पनि विद्युत् चुहावट र चोरी नियन्त्रणमा कुलमानले भनेजति काम गर्न सकिरहेका छैनन् । राजधानीमा मात्रै दर्जनौँ त्यस्ता विद्युत् माफिया रहेका छन् जसले अहिलेसम्म विद्युत्को महसुल तिरेका छैनन् । प्राधिकरणले रु १ लाख भन्दा माथि बक्यौता भएका ग्राहकलाई बारम्बार महसुल भुक्तान गर्न भनेपनि दर्जनौँ ग्राहकले अटेर गरी बसेका छन् ।

यसरी अटेर गरी बस्ने ग्राहकहरूको तीनपुस्ते सहित प्राधिकरणले ‘ब्ल्याक लिस्ट’ बनाएको छ । प्राधिकरणको वेभसाईटमा रु १ लाख बढी रकम नतिर्ने १८ जना ग्राहकको तीन पुस्ते उल्लेख गरिएको छ ।

बिजुली बालेर महसुल नतिर्नेहरूमा प्रहरीदेखि सरकारी संस्थान, उद्योगी व्यापारी, अस्पताल, मन्दिर, गुठी समेत रहेका छन् । प्राधिकरणले उनीहरूलाई बारम्बार महसुल तिर्न अनुरोध गरे पनि अटेर गरेपछि तीन पुस्ते सार्वजनिक गरेको बताएको छ । यस अघि प्राधिकरणले महसुल नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चलाएको थियो । गत भाद्रबाट चलेको अभियानबाट मात्रै चार करोड बढी रकम असुल भएको प्राधिकरण स्रोतका दाबी छ । स्रोतका अनुसार सरकारी निकायकै बक्यौता रकम दुर्ई करोड ५९ लाख बढी रहेको छ ।

रु १ लाख भन्दा बढी विद्युत् महसुल नबुझाउने ग्राहक (स्राेतः विद्युत प्राधिकरणकाे वेभ साइट)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन