February 1, 2018

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

भारतीय विदेश मन्त्रालयले भ्रमण घोषणा गरेको दुई दिनपछि परराष्ट्रले त्यस्तो जानकारी गराएको हो । परराष्ट्रमन्त्रीसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भने मन्त्रालयले आज स्वराज आइपुग्नुभन्दा केही घण्टाअघि मात्र भ्रमणको औपचारिक जानकारी गराउने तयारी गरेको छ  । परराष्ट्र मन्त्रालय बुधबार मात्रै दुईपक्षीय एजेन्डा र खाका तयार गर्नमा जुटेको हो ।

परराष्ट्रमन्त्रीको कार्यभार पनि आफैंले सम्हाल्नुभएका प्रधानमन्त्री देउवाले स्वराजसँग दुईपक्षीय वार्ता पनि आफैं गर्दै हुनुहुन्छ । अहिलेसम्म अघि बढेका परियोजना, सीमाको विवाद र समाधान, डुबान समस्या, सडक सञ्जाल, रेलमार्ग, सीमा अपराध नियन्त्रण, प्रबुद्ध व्यक्ति समूहको लगातार बैठक र प्रगतिलगायत समय–समयमा उठ्ने दुईपक्षीय मामिलाका विषयमा परराष्ट्रले प्रधानमन्त्री देउवालाई जानकारी गराउने तयारी गरेको छ  ।

त्यही आधारमा देउवाले स्वराज नेतृत्वको समूहसँग छलफल गर्ने जनाइएको छ । यसका अलावा राजनीतिक छलफल पनि हुने बताइएको छ । भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उहाँले आपसी हितका विविध विषयमा राजनीतिक दलका नेतासँग विचारविमर्श गर्नुहुने परराष्ट्र मन्त्रालयले हिजो एक विज्ञप्तिमार्फत जनाएको छ ।

स्वराजले एमाले अध्यक्ष केपी ओली अनि माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ । भारतीय विदेशमन्त्री स्वराजको साथमा नवनियुक्त विदेशसचिव विजय गोखले, विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारलगायत उच्चस्तरीय टोली रहने जनाइएको छ ।

टोलीमा समावेश हुने कूटनीतिज्ञ र सरकारी प्रतिनिधिको सूची हेर्दा भारतले यो भ्रमणलाई निकै महत्व दिएको बुझ्न सकिने विश्लेषकहरुको भनाइ छ । परराष्ट्र मन्त्रालयले बुधबार वक्तव्य जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीसँग स्वराजको भेट हुने कुरा पुष्टि गरे पनि अन्य केही खुलाएको छैन । भारतले नेपालसँगको सम्बन्ध थप मजबुद बनाउन खोजेको पराराष्ट्रविद्हरुले टिप्पणी गरेका छन् ।

नेपालमा नयाँ संविधान घोषणा भएपछिको नाकाबन्दी र त्यसपछि नेपालमा भारत विरुद्ध उत्पन्न भएको जनआक्रोशलाई सम्बोधन गर्ने गरी भारतले सम्बन्ध सुधार गर्न चाहेको उनीहरुको भनाइ छ । पूर्वपरराष्ट्रमन्त्री तथा नेपाल भारत प्रवुद्ध समुहका नेपाल संयोजक भेषबहादुर थापाले नेपालमा वाम दलले जनमत पाएपछि भारत सम्बन्ध सुधारमा थप आँतुर बनेको बताउनुभयो । स्वराजको भ्रमणपनि सम्बन्ध सुधारकै एउटा खुट्किलो भएको कतिपयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र

रवि, बालेन र कुलमानको आगामी बाटो

१५ पुष २०८२ । वैकल्पिक राजनीतिक शक्तिको खोजीमा रहेको नेपाली समाजमा बालेन्द्र शाह ‘बालेन’ र