
हेटौंडा । प्रदेश नं ३ को प्रदेशसभाको पहिलो अधिवेशन आज बस्दैछ । अधिवेशनका लागि कार्यसूची तयार गर्न हिजो साँझ बसेको सर्वदलीय बैठकले पाँच वटा विषयमा कार्यसूची तयार गर्न सर्वसम्मतीबाट निर्णय गरेको छ ।
सो सर्वदलीय निर्णयले प्रदेश प्रमुख अनुराधा कोइरालाले आह्वान गरेको ऐतिहासिक प्रदेशसभाको अधिवेशनसम्बन्धी सूचनाको विवरण प्रदेशसभाका ज्येष्ठ सदस्य डोरमणि पौडेलले प्रस्तुत गर्नेछन् ।
यसैगरी सोही सर्वदलीय बैठकले आज बस्ने प्रदेशसभाको ऐतिहासिक अधिवेशनमा सात वटा दलको तर्फबाट बोल्ने प्रदेशसभा सदस्य र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यलाई बोल्नेक्रम र समय निर्धारण गर्ने सूची तयार गरिएको छ ।
सोही सर्वदलीय बैठकले प्रदेशसभाको अधिवेशनमा सभामुखको अनुपस्थितिमा कार्य सञ्चालन गर्न प्रदेश सदस्यहरुको तर्फबाट सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।
यसैगरी उक्त बैठकले प्रदेशसभाको अधिवेशनमा अन्तरिम कार्यविधिको सूची प्रस्तुत गर्ने निर्णय गरेको छ ।
सोही बैठकले प्रदेशसभा सभामुखका लागि यही माघ २९ गते निर्वाचनको मिति तोक्न आजको प्रदेशसभाको अधिवेशनमा प्रस्ताव प्रस्तुत गरिने ३ नं प्रदेशसभा सदस्य डोरमणि पौडेलले जानकारी दिए । रासस
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन