कांग्रेसले निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक आह्वान गर्नुपर्ने र ‘अर्ली’ महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सार्ने उक्त ‘सात भाइ’ समूहको संयोजन गरेका थिए, कांग्रेसका युवा नेता चन्द्र भण्डारीले ।
तिनै युवा नेता भण्डारी मंगलबार बिहान राजधानीको व्यस्त मानिने नयाँ बानेश्वरमा जुत्ता पालिस गरिरहेको अवस्थामा भेटिए । उनलाई जुत्ता पालिस गर्ने काममा सघाइरहेका थिए, ‘सात भाइ’ समूहकै अर्का युवा नेता धनराज गुरुङले ।
कांग्रेस सभापति देउवाको राजीनामासम्म माग्दै हिँडेका कारण पछिल्लो समय चर्चामा रहेका नेताद्वय भण्डारी र गुरुङ नयाँ बानेश्वर चोकमा जुत्तामा पालिस लगाइरहेको देखेपछि केही बेरमै मानिसहरुको भीड लाग्यो ।
कांग्रेसका युवा नेताद्वय भण्डारी र गुरुङसँगै पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र कांग्रेस कार्यकर्ता विनोद भट्टराई पनि भिडभाडका बीच बटुवाहरुका जुत्तामा पालिस र ब्रस लगाइरहेका थिए । तर उनीहरु बटुवाबाट जुत्तामा पालिस गरेबापत पैसा भने लिइरहेका थिएनन् ।
कांग्रेसभित्र रहेको ‘बेथिती’ सफा गरेर सुदृढ र मजबुत पार्टी निर्माणको अभियानमा जुटेको दाबी गर्दै आएका युवा नेताहरुलाई जनताको जुत्ता पालिस गर्ने अवसर जुराइदिएको थियो, कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले । प्रतिष्ठानले राष्ट्रिय शहिद दिवसको अवसर पारेर ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको हो ।
नयाँ बानेश्वरमा मंगलबार बिहान आयोजित ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगानाले गरेका थिए । उनले राजनीतिभित्र रहेको ‘फोहोर’ सफा गरेर राजनीतिलाई शुद्धिकरण गर्ने अभिप्रायले प्रतिष्ठानले ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ आयोजना गरेको बताए ।
‘‘प्रजातन्त्रको प्राण भनेको निष्ठा र इमान्दारिता हो । जनप्रतिनिधि, चुनाव र लिखित कानुन भएर मात्रै प्रजातन्त्र बलियो हुन सक्दैन’’, पूर्वसभमुख ढुंगानाले भने, ‘‘त्यसैले राजनीतिमा रहेको फोहोरलाई सफा गरेर प्रजातन्त्रमा प्राण भर्न जरुरी छ ।’’ राजनीतिक दलहरुले संविधान कार्यान्वयन गर्द जाँदा नैतिकवान र निष्ठावान बन्न अत्यन्तै जरुरी रहेको उनको भनाइ थियो ।
प्रतिष्ठानका महासचिव विनोद भट्टराईले कांग्रेसका संस्थापक नेता स्वर्गिय भट्टराईका चार आदर्श उत्कट राष्ट्रप्रेम, उत्कट प्रजातन्त्रवादी, खरो इमान्दारिता र प्रतिपक्षी दलहरुसँगको सद्भाव सम्झिनका लागि ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
पाँचखाल नगरपालिकाका नगर प्रमुख खरेलले स्वर्गिय नेता भट्टराईको मार्गदर्शनका साथ अघि बढेर युवाहरुले आ–आफ्नो पार्टीभित्र रहेका विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए । उनले २०४८ सालमा नेता भट्टराईलाई निर्वाचनमा जिताउन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ‘बाल कांग्रेस’ गठन गर्दा र त्यस पछि भोग्नु परेको अप्ठ्याराहरुको स्मरण पनि गरे ।
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
काठमाडौँ, भदौ ५ गते।सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनका लागि छाता कानुनको रूपमा एकीकृत विधेयकको
मुख्यमन्त्री पाण्डे : ५० करोड बचत हुने अपेक्षा, पूर्वउपाध्यक्ष पौडेल : मन्त्री–सांसदको सुविधा पनि कटौती
साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका
रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास
तारा निधि पन्त श्रावण १०, २०८२ “प्रदूषण र जलवायु संकटविरुद्ध बुद्धको योगदान अर्थात बौद्धदर्शन र