
काठमाडौँ, १६ माघ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँ उपत्यकाका पाँच अस्पतालबाट १७ चिकित्सक तथा सञ्चालकलाई माघ १५ गते पक्राउ गरेको छ ।
पक्राउ परेकामा एपोलो अस्पताल, चाइना गेटवाल, चाइना पिपुल, निजामती अस्पताल, चाइना डेन्टलका सञ्चालक तथा चिकित्सक रहेको ब्यूरोका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन् । ब्यूरोबाट खटिएको टोलीले मेडिकल काउन्सिल र उपभोक्ता हित संरक्षण मञ्चका सहयोगमा अपराह्न विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको थियो ।
रक्तचन्दनसहित पक्राउ
ब्यूरोले अवैध रुपमा रक्तचन्दन ओसारपसार गर्ने चार जनालाई पक्राउ गरेको छ । ब्युरोले काठमाडौँ महानगरपालिका–३२ बाट सिन्धुपाल्चोकका जनकबहादुर कार्की, काठमाडौँका कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बूलाई माघ १४ गते आइतबार पक्राउ गरेको हो ।
अवैध रुपमा ओसारपसार गरी खरिदबिक्री गर्न लागेका अवस्थामा प्रहरीले २५० किलोग्राम काठका चिरान पट्टा बरामद गरेको हो । अभियुक्तलाई सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको ब्युरोले जनाएको छ ।
–––
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन