January 24, 2018

एमालेका नेताकार्यकर्ता नै आफ्नै मेयरका विरुद्धमा !

एमाले सुनसरी १ का अध्यक्ष इन्द्र राईकी श्रीमती र एमाले धरानका सचिव राजमणि निरौलाकी श्रीमती प्रमिला निरौलालाई उपमहानरपालिकामा जागिर लगाएर विवादमा परेको घटना सेलाउन नपाउँदै सुब्बाले महंगो गाडी चढ्ने मोह देखाएपछि उनी एमाले कार्यकर्ताको नजरमा समेत विवादित बन्न पुगेका छन । उपमहानगरपालिका आर्थिक धरासयमा रहँदारहँदै पनि महंगो गाडी किन्ने निर्णय गलत छ, १८ नम्बर वडाअध्यक्ष प्रविण राईले बताए । उनले मेयरको गाडी किन्ने निर्णयले नगरबासीलाई चिन्तित तुल्याएको समेत बताए ।

मेयर सुब्बाले अन्य जनप्रतिनिधिले विरोध गर्दागर्दै पनि टाटा कम्पनीको हेक्सा गाडी किन्नलाई डेण्टर स्वीकृत गराएका छन । सुब्बाले उक्त गाडी खरिदका लागि सिप्रद्धि ट्रेडिङ नैकाप काठमाडौंले हालेको ६८ लाख ८० हजार ५ सय ३० रुपैयाँको बजेट स्वीकृत गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले बताए । उनले उपमहानगरपालिकालाई गाडीको अतिआवश्यक परेकाले खरिद गर्न लागिएको बताए ।

पास नगराइकन गाडी किन्ने स्वीकृत गराएका सुब्बाको आफ्नै पार्टी एमालेमा समेत असन्तुष्टि बढेको छ । तर, सुब्बाले गाडी खरिद गर्ने अडानलाई यथावत राखेपछि उनी धरानको विकास र धराने जनताको समस्या समाधान गर्न नभएर गाडी चढ्न मात्र निर्वा्चित भएको प्रष्ट भएको युवासंघ नेपालका केन्द्रीय सदस्य ज्ञानदीपले बताए । गाडी खरिदबारे मेयर सुब्बालाई सम्पर्क गर्दा बोल्न नमिल्ने प्रतिक्रिया दिए । यो बिषयले अहिले धरानमा नयाँ तरंग नै सिर्जना गरिदिएका्े छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

यसरी मनाइयो काठमाडौंमा राष्ट्रिय पोशाक र टोपी दिवस

पुस १७, काठमाडौं । आज जनवरी १, सन् २०२६ का दिन १३औँ राष्ट्रिय पोशाक र