काठमाडौं । नेकपा एमालेले एमाले सांसद तथा पूर्व डीआईजी नवराज सिलवालको विषय अतिरञ्जित नगर्न चेतावनी दिएको छ ।एमाले स्थायी कमिटीको सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकले यस्तो चेतावनी दिएको हो ।
“ललितपुर– क्षेत्र नं १ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित नवराज सिलवालविरुद्ध नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले ‘डिफ्युजन नोटिस’ जारी गरेको भनी प्रकाशित समाचारप्रति बैठकको गंभीर ध्यानाकर्षण भएको छ,” बैठकपछि एमाले सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “इन्टरपोललाई समेत अतिरञ्जित सूचना दिई भइरहेका यस्ता क्रियाकलापले जनताको अभिमतलाई अपमानित गरेको र नवनिर्वाचित जनप्रतिनिधिविरुद्ध भइरहेका यी गतिविधिहरु पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित छन् भन्ने निष्कर्षसहित बैठकले सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण गरेको छ ।”
प्रहरीले सिलवाल बोलाउँदा पनि नआएको भन्दै उनको नाममा डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसको भोलिपल्टै बसेको एमाले स्याथी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन