January 1, 2018

सरकार देशी/विदेशीको इशारामा सत्ता लम्ब्याउने प्रयासमा छ : ओली

 

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशी/विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको बताएका छन्।इस्वीसंवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा रहेको बताएका हुन्।‘देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जेजस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।

ओलीले सन् २०१७ मा नेपालको राजनीति संक्रमण समाप्त भएको उल्लेख गर्दै यही वर्ष नेपालको न्यायापालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भएको बताएका छन्।भावी प्रधानमन्त्रीका रुपमा रहेका ओलीले निकट भविष्यमा बन्ने सरकारले देशमा विकास र सम्मृद्धिको महाअभियान सुरु गर्ने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र