January 1, 2018

सरकार देशी/विदेशीको इशारामा सत्ता लम्ब्याउने प्रयासमा छ : ओली

 

फाइल तस्बिर।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देशी/विदेशी शक्तिहरुको इशारामा सत्ता लम्ब्याउने प्रयासमा लागेको बताएका छन्।इस्वीसंवतको नयाँ वर्ष २०१८ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै एमाले अध्यक्ष ओलीले निर्वाचनमार्फत् वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार सत्ता लम्ब्याउने र अझै पनि देशलाई अनिर्णयको बन्दी बनाउने प्रयासमा रहेको बताएका हुन्।‘देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जेजस्तो प्रयास भइरहेको छ, त्यो हामीलाई सह्य छैन,’ ओलीको शुभकामना सन्देशमा भनिएको छ।

ओलीले सन् २०१७ मा नेपालको राजनीति संक्रमण समाप्त भएको उल्लेख गर्दै यही वर्ष नेपालको न्यायापालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भएको बताएका छन्।भावी प्रधानमन्त्रीका रुपमा रहेका ओलीले निकट भविष्यमा बन्ने सरकारले देशमा विकास र सम्मृद्धिको महाअभियान सुरु गर्ने पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष