January 1, 2018

ओली र प्रचण्डबीच गोप्य सहमती :ओली प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष

 
 
 
काठमाडौं, पुस १७ । नेकपा(एमाले)का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच गोप्य सहमती भएको एमालेका एक नेताले खुलासा गरेका छन् ।एमाले नेता एवं नवनिर्वाचित सांसद पार्वत गुरुङले ओली र प्रचण्डबीच प्रधानमन्त्री र पार्टी अध्यक्षबारे गोप्य सहमति भइसकेको खुलासा गरेका हुन् । 
प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड बन्‍ने सहमति भइसकेकोले छिट्टै पार्टी एकता हुने गुरुङले बताए । उनले ओली प्रचण्डलाई अध्यक्ष स्वीकार गर्न तयार भइसकेको बताए ।

‘प्रधानमन्त्री को बन्छ भन्नेबारे अब कुनै अलमल छैन । केपी ओलीजी नै प्रधानमन्त्री बन्नुहुन्छ, पुष्पकमलदाहाल प्रचण्ड अध्यक्ष बन्नुहुन्छ’ गुरुङले भने । उनले प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष बन्दा कुनै आपत्ति हुन नहुने बताए ।

दोलखाबाट प्रतिनिधि सभा सदस्‍यमा निर्वाचित नेता गुरुङले वाम गठबन्धनलाई जनताले स्थिरता र विकासका लागि मत दिएको भन्दै सोहीअनुसार अब बन्ने सरकारले काम गर्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

माओवादी केन्द्र केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी; समूह नेताहरूले धारणा प्रस्तुत गर्दै

आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,

जलवायु परिवर्तन र अन्तर्राष्ट्रिय कानुनी प्रक्रिया: एक जटिल सम्बन्ध

अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या

ए आईले अमेरिकामा युवाको रोजगारी घटायो

साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर

विद्याको सम्पर्क कार्यालय आज उद्घाटन, पोखरेलको पनि सम्बोधन ओलीलाई प्रमुख अतिथि बनाउने तयारी बीचमा रोकियो

भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन