December 30, 2017

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

पुस , १५ २०७४/ काठमाडौं / 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार यस्ता तेलको प्रयोगले झाडापखाला, फुड प्वाइजन, टाइफाइड, कमलपित्त, झाडा पखाला, पाचनप्रणाली, कलेजो र मिर्गौलासम्‍बन्धी रोग लाग्न सक्छ। ‘न्यून गुणस्तर र दूषित ठहरिएका खाद्य पदार्थ, तेलजन्य र पेयजन्य वस्तु सकेसम्म प्रयोग नगरेको बेस हुन्छ, यस्तो वस्तु मानव स्वास्थ्यका लागि निकै हानिकारक र खान अयोग्य मानिन्छ,’ विभागद्वारा बिहीबार आयोजित चौमासिक प्रगति विवरण सार्वजनिक कार्यक्रममा महानिर्देशक कर्णले भने, ‘तेलमा पाइने प्रतिकूल तत्वहरूले अन्य विभिन्न प्रकारका घातक रोग निम्त्याउन सहयोगी भूमिका खेल्छन्। खासगरी निकै पुराना र मिसावट गरिएका तेलमा यस्तो समस्या देखिन्छ।’

मानव स्वास्थ्यलाई हानि पुर्‍याउने गरी दूषित र न्यून गुणस्तरको खानेतेल तथा घिउ उत्पादन गरेको अभियोगमा सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा ११ उद्योगविरुद्ध १६ वटा मुद्दासमेत दायर गरेको छ। गत आर्थिक वर्ष २०७३र७४ मा कुल दुई सय ५७ वटा यस्तै प्रकृतिका मुद्दा दायर गरिएको थियो। आर्थिक वर्ष २०७२र०७३ मा दुई सय ६ वटा मुद्दा दायर भएकोमा सबैभन्दा बढी खानेतेलसम्बन्धी थियो। विभिन्न प्रकारका मिसावट गरी उत्पादन गरिएका यस्ता खानेतेल उपभोग गर्दा मानव स्वास्थ्यमा जटिल प्रकारका रोग लाग्ने सम्भावना हुन्छ।

११ उद्योगका घिउ र तेल ‘खान अयोग्यु विभागका अनुसार चालु आवको साउनदेखि कात्तिकसम्ममा ४५ उद्योग प्रतिष्ठानविरुद्ध ५० वटा मुद्दा दायर गरिएको छ। जसमध्ये सबैभन्दा बढी प्रशोधित भनिएका खानेतेल र घिउका मुद्दा छन्। विभागका प्रवक्ता पूर्णचन्द वस्तीका अनुसार खानेतेलतर्फ न्यून गुणस्तर महलअन्तर्गत सबैभन्दा बढी बारास्थित एग्रो प्रोसेसिङ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ। चार महिनाको अवधिमा यो उद्योगविरुद्ध प्रशोधित सूर्यमुखी खानेतेलतर्फ एक र तोरीको तेल आयात गरी आफ्नै ब्रान्डमा बिक्री गर्ने तोरीको तेलतर्फ पाँचवटा मुद्दा दायर गरिएको छ। ‘यो उद्योगले पटक(पटक त्रुटि गरेकाले कडा कारबाही माग गर्दै पटके महलअन्तर्गत सरकारी अधिवक्तामार्फत अदालतमा मुद्दा दायर गरेका छौं,’ प्रवक्ता वस्तीले भने।

‘न्यून गुणस्तर र दूषित ठहरिएका खाद्य पदार्थ, तेलजन्य र पेयजन्य वस्तु सकेसम्म प्रयोग नगरेको बेस हुन्छ, यस्तो वस्तु मानव स्वास्थ्यका लागि निकै हानिकारक र खान अयोग्य मानिन्छ।’ – सञ्जीवकुमार कर्ण, महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग

विभागका अनुसार रूपन्देहीस्थित सिद्धार्थ रिफाइनरी एन्ड सोलभेन्ट इन्डस्ट्रिजबाट उत्पादन हुने खानेतेलविरुद्ध एक, सोही जिल्लास्थित दुर्गा मोडर्न आयल मिलविरुद्ध एक, रौनक आधुनिक तेल उद्योगको खानेतेलविरुद्ध एक, सिद्धार्थ आयल इन्डस्ट्रिजविरुद्ध एक र बारास्थित आरती भेजिटेबल प्रोडक्ट उद्योगबाट प्रशोधित सूर्यमुखी खानेतेलविरुद्ध एउटा मुद्दा दायर भएको छ। रूपन्देहीस्थित रौनक आधुनिक तेल उद्योगविरुद्ध गत आवमा पनि मुद्दा परेको थियो।

यस्तै ललितपुरस्थित श्रीराम घिउ प्याकेजिङ उद्योगले उत्पादन गरेको घिउविरुद्ध एक, सुनसरीको दुहवीस्थित स्वस्तिक आयल इन्डस्ट्रिजको वनस्पति घिउविरुद्ध एक, पोखरास्थित सुजल डेरीको घिउविरुद्ध एउटा मुद्दा दायर गरिएको छ।

प्रवक्ता वस्तीका अनुसार महँगो तेलमा सस्तो तथा कम गुणस्तरको तेल मिसाएर, तोरीको तेलमा पामोलिन र भटमासको तेल मिसाएर तथा सनफ्लावर तेलमा भटमास र पामोलिन तेल मिसाएर बिक्री गर्ने गम्भीर प्रकृतिका समस्या देखिएका छन्। मापदण्डअनुसार तेलमा उपस्थित हुनुपर्ने तत्व पनि निकै कम अवस्था र मापदण्डविपरीत अत्यधिक परिमाणमा भेटिएका छन्। रिफाइन गरिएका तेलमा ०।५ भन्दा कम एसिडको भ्यालु हुनुपर्छ।

यसैगरी पेरोअक्साइडको भ्यालु पनि १० हुनुपर्छ। ‘तर एसिड र पेरोअक्साइडको भ्यालु कुनैमा निकै कम कुनैमा अत्यधिक परिमाणमा भेटियो’, वस्तीले भने, ‘खानै नहुने अवस्थामा तेल भेटिएपछि मुद्दा दायर गरेका छौं।’

विभागका अनुसार प्रशोधित भनिएका दूधतर्फ पनि पाँचवटा मुद्दा दायर गरिएको छ। जसअनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थानविरुद्ध एक, मिल्कमान्डु डेरीविरुद्ध एक, नेपाल डेरीविरुद्ध एक, सञ्जिवनी डेरीविरुद्ध एक र काठमाडौंको सुजल डेरीविरुद्ध एउटा मुद्दा दायर भएको छ। प्रशोधित पानीतर्फ ६ र कुखुराको दाना उत्पादन गर्ने उद्योगविरुद्ध दुईवटा मुद्दा दायर भएको छ।

मुद्दा दायर गरिए पनि जुन ब्याचको अयोग्य मानिएको छ, उक्त ब्याचको उत्पादन बजारमा बिक्री हुन नदिन विभागले खासै चासो नदेखाएका कारण आमउपभोक्ता कमसलस्तरको खाद्यपदार्थ, तेलजन्य, पेयजन्य पदार्थ सेवन गर्न बाध्य छन्। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

राहदानी वितरणमा हट्यो कोटा

मंसिर ५, काठमाडौं। राहदानी विभागले फ्रान्सेली कम्पनी ‘E Smart Identity France SAS (पूर्व आईडेमिया)’ सँग

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

नेपालको ब्रेन ड्रेनदर उच्च

देशमा विद्यार्थी र श्रमिक फिर्ता नीति तथा ‘डायस्पोरा नेटवर्क’ विकास गर्नुपर्छ   कात्तिक , २८